Header Ads

साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र, म बाचेर आउन पाउ । सबैले सेयर गरेर सरकारलाई दबाब दिनैपर्छ , पछि नहटनुस>>


साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र, म बाचेर आउन पाउ ।
सुसन आचार्य , युएई, सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार । म एउटा समान्य कुल्ली हाल साउदिको हायल सेन्टर जेल बाट । प्रधानमन्त्री ज्यु मलाइ खासै लेख्न त मन केहि थिएन तैपनि अन्तिम आशा लिएर आफ्नो वेदना तपाई सामु राख्दैछु । हुनत यो पत्र तपाईंले पढ्नु हुन्न भन्ने मलाई जानकारी छ तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्ने छन । कहिले युद्ध ,कहिले बन्द ,त कहिले को हडताल को चपेटामा परि स्वदेश मा आफुले ऋण गरेरै भयनी किनेको त्यै एउटा मिनिबस समेत चलाउन नसक्ने अवस्था भय पछी फ़ेरि भयको जमीन समेत धितो राखेर साउदिको खाडिमा कुल्ली बन्न आयको म अभागी लाइ यस्तो दिन लाग्छ भन्ने के थाहा मन्त्री ज्यु ।
यहा आयको केहि दिन सम्म त काम र माम को कुनै ठेगाना भयन तर केहि दिन पछी भने नेपाल मा गरियको करार नाम भन्दा फरक भय पनि साउदिकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पायको थिय सायद मेरो लागी त्यो काम नै अभिसाप थियो होला । मन्त्री ज्यु काम त जसो तसो चल्दै थियो मेरो तर यसरी दैब नै म माथी खनिय पछी मेरो केहि लागेन ।कम्पनी बाट सिमेन्ट लोड गरि कम्पनी कै पार्किङ मा राखेको मैले चलाउने माहबाहक ट्रकमा पाकिस्तानी नागरिक चढी आयको कार आपसमा ठोकिदा कारमा सवार पाकिस्तानी को घटना स्थल मै मिर्तु हुनु नै मेरो लागी सबैभन्दा ठुलो अभिसाप बन्यो । अरुको देस अरुकै सासन अरुकै कानुन म एउटा सामन्य कुल्ली मैले बोलेको कस्ले सुन्ने त्यहा । भन्नेले त घरदेस सम्म पनि रक्सी खायर गाडी चलायको भन्ने गलत सन्देश गाउ गाउ मा भनि सकेका रहेछन तर कठै साउदिको ठाउ त्यो पनि गाडी चलाउने ड्राइभर कसरी खाने कसरी चलाउने …?
केहि ज्ञान त मलाई पनि थियो बिदेशी भुमिको ठाउ रक्सी खायर सबारी चलाउदा कस्तो स्थिति हुन्छ भन्ने र म सजक पनि थिय तर आफ्नो दिनै बिगृय पछी कस्लाइ दोस दिनु ।
पार्किङ मा दुर्घटना भय पस्चात पाकिस्तानि र अन्य धेरै मानिसको बाक्लो भिड थियो ।यतिकैमा मलाई योजनाबद्द रूपमा फसाउन केहि पाकिस्तानी हरु मिलेर मैले चलाउने गा डि भित्र बियर का खाली बोतल समेत हाल्दियछ्न जुन प्रहरी ले खोजी गर्दा फेला पार्यो । देख्ने र भन्नेलाइ त रमिता भयो तर मैले आसुको भेल बगाइ हप्ता दिन सम्म खाना नखाइ आफ्नो देस परिवार र आफन्त सम्झियर त्यो कालो कोठरी मा रोयको कुरा कस्लाइ के था । मन्त्री ज्यु हो म धेरै नराम्रो सङ फसे यो खाडिमा काम गर्न कम्पनीले बिमा समेत गरेको रहेनछ जुन कुरा मैले म जेल परेको २१ दिन पछी कम्पनी को मालिक आयर मेरो केस सरकार को नामम गरे पछी थाहा पाय । साउदिको कानुन कठोर र कुर भन्ने जानकारी मलाई पहिलै थियो मन्त्रीज्यु त्यसैले मैले बाच्ने आसा मारेर दिन रात रुन बिवस भय ।
समय पनि बित्दै गयो मलाई थुनामा राखेको २१ महिना पछी लामो सम्पर्क र खोजी गर्दा बल्ल बल्ल मिर्तक का आफन्त सम्पर्कमा आय र उनीहरुको माग अनुसार मलाई साउदिको बिसेस अदालत ले मिर्तक का परिवार लाइ छेतिपुर्ती का लागी साउदी रियल( ३ लाख )झण्डै नेपाली (९०)लाख को फैसला सुनायो र समय केहि महिना थप गरि पुन थुनामा पठायो । मन्त्रीज्यु म एउटा समान्य गरिब किसान को छोरा उसैमाथी स्वदेश को ऋण र भुकम्प पीडित कसरी तिरौ यत्रो रकम त्यसैले मन मनै अब नेपाल फर्कन नसक्ने कुरा सोच्न बिवस भय ।
मलाई सतायो परिवार अनि ति साना नानिहरुको मायाले जस्लाइ मैले राम्रो सङ खेलाउन समेत पायको छैन । हुनत अब आसा पनि कता बाट गरौ सहयोग मागौ थोरै पैसा हैन सरकार को आसा गरौ भने मन्त्री ज्यु को कार्यलय मै बिन्तिपत्र आउदा समेत कुनै वास्ता भयन अब दूतावास को त के आसा गरौ र म भेट्न् र बुझ्न समेत आउन मान्दैन न त फोन नै उठाउछ समयमै । सायद आज अफ्गानिस्तान को जेल मा भयको भय सरकार ले पक्कै पनि छुटाउथ्यो होला मलाई पनि तर म ता खाडिको जेल मा न परे l

No comments