रोकिएन राष्ट्रघातका श्रृङ्खला ! यी हुन् मातृकाप्रसाद कोइराला देखि गाेकर्ण बिष्ट सम्मले गरेका राष्ट्रघात - हेर्नुस कसले के घात गर्यो ( प्रमाण सहित )
बिगुल न्युज / काठमाडौँ – पछिल्लो समय नेपाली राजनीतिमा राष्ट्रबादको कुरा निकै चलेको छ । सबै राजनीतिक दलहरुले आआफ्नै ढङ्गले राष्ट्रबादको ढोङ्ग पिटिरहेका छन् । गत वर्षकाे भारतको अघोषित नाका बन्दी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र भारत सामु नझुकेको त्यो स्वाभिमान आम नेपाली जनताले स्वीकार गरेको यथार्थ हो । भारतीय बिस्तारबाद सामु नझुक्ने नेताका रुपमा आम जनताले चित्रित गरिरहेका बेला नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमण र संयुक्त बिज्ञप्तीले आम नेपाली जनताले शिर झुकेको र नेपालको बैदेशिक नीति प्रतिको स्वतन्त्रता गुमेको रुपमा अहिले चौतर्फी रुपमा बिश्लेषण भइरहेको छ। बास्तबमा भन्ने हो पनि पनि आम रपमा हेर्दा भएको यस्तै नै हो । प्रचण्डले सन् १९५० को सन्धिभन्दा घातक सन्धि गरेको भनेर विश्लेषण भइरहेको छ । करिब सातदशक यताकै सबैभन्दा ठूलो राष्ट्रघात भएइको छ भन्नेहरु पनि धेरै नै छन् ।
भारत नेपाललाई सुरक्षा र परराष्ट्र नीतिमा आफ्नो छाताभित्र राख्न चाहन्छ र नेपालको प्राकृतिक सम्पदामाथि आफ्नो एकाधिकार चाहन्छ भनेर नेपाल–भारत सम्बन्धका विशेषज्ञहरुले भन्दै आएकाे कुरा हाे । नेपालका प्रधानमन्त्रीहरु मातृका प्रसाद कोइरालादेखि पुष्पकमल दाहालसम्म आइपुग्दा यही तथ्य प्रमाणित भएको छ । अन्ततः २५ बुँदे सम्झौतामार्फत् भारतले नेपालको सुरक्षा र परराष्ट्र नीतिलाई आफ्नो छाताभित्र पार्न सफल भएको छ । त्यसैगरी विभिन्न अहिलेसम्म भएका जलविद्युत सन्धिसम्झौता मार्फत् नेपालकाे जलसम्पदामाथि पनि एकाधिकार कायम गर्न सफल भएको छ । हिजो सम्म हिन्दी चलचित्रको बिरोध गर्दै हिड्नेहरु र भारतीय नम्बर प्लेटका गाडिमा पेट्रोल छर्केर आगो लगाउनेहरु नै अहिले नेपाल को स्वतन्त्रता गुम्दा समेत त्यसैलाई राष्ट्रहितको लागि भएको समजदारी भन्दै हिडेका देखिन्छन् । हिँजो संसदीय ब्यवस्था काम छैन भनेर बन्दुक उठाएर १७ हजार निर्दोश जनताले क्रान्तिका निम्ती भन्दै बलिदानी गरेपछि अन्ततः सुधारिएको संसदीय ब्यवस्थामा आएर कांग्रेससँगको सहकार्यमा मधेसी र आम आदिवासी जनजातिहरुलाई फेरी एक पटक भ्रममा पारेर प्रधानमन्त्री बनेका प्रचण्डले भारत भ्रमणमा नेपालको स्वाभिमान बेचेर आएका छन् । विगतका विभिन्न कालखण्डमा भारत सामु नेपाली नेताहरुले आत्म समर्पण कै शैलीमा राष्ट्रघात गरेका छन् । ००७ सालदेखि अहिलेसम्म राज्यशक्तिको दुरुपयोग गर्दै धेरै नेताहरुले राष्ट्रहित बिपरित भारतसँग सम्झौता गरेका छन् । २००७ सालको क्रान्ति पछि नै नेपालले बिकासमा लम्किएको हो । त्यो बेला कवि भूपि शेरचनले लेखेको गीतमा भनिएको छ । यो नेपाली शिर उचाली संसारमा लम्किन्छ । जुन गीत अहिले पनि भर्वका साथ छाती उँचाे पारेर गाइन्छ । २००७ सालपछि लम्किन शुरु गरेको नेपाल अहिले झण्डै ७ दशक हुन लाग्दा पनि बामे समेत सर्न सकेको छैन । यसका पछाडि राजनीतिक अस्थिरता नै प्रमूख कारण हो । बैदेशिक हस्तक्षेप र भारतीय बिस्तारबाद प्रति हाम्रा नेताहरु पिछलग्गु भएकै कारण आज नेपालको यो अवस्था भएको हो भन्नेमा कुनै दुर्इमत छैन । हामीले यहाँ कुन कुन नेताले कस्तो र कुन स्तरको राष्ट्रघात गरे, त्यसको संक्षिप्तमा बयान गर्ने प्रयास गरेका छाैँ । यो सामाग्री तयार गर्न मूलबाटो डटकमको पनि सन्दर्भ सामग्रीका रुपमा प्रयोग गरिएको छ ।
१. प्रम मातृकाप्रसाद कोइराला
२ प्रम बीपी कोइराला
भारतलाई मात्र लाभ पुग्नेगरी असमान गण्डक सम्झौतो गरे । उनले गण्डक जलाधार क्षेत्रमा नेपालले कुनै नदी स्थानान्तरण परियोजना निर्माण गर्दा भारतसँग अर्को सहमति गर्नुपर्नेजस्ता राष्ट्रघाती प्रावधानसहितको गण्डक सम्झौता गरेका थिए ।
३ प्रम गिरिजाप्रसाद कोइराला
२०६२÷०६३ को जनआन्दोलनपछि प्रम बनेका समयमा नेपालको हित विपरीत भारतीय निजी कम्पनी ‘जीएमआर’लाई माथिल्लो कर्णाली र भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमलाई अरूण तेस्रो आयोजना बुझाएका थिए ।
४ प्रम कृष्णप्रसाद भट्टराई
२०४६ सालको आन्दोलनलगत्तै साहना प्रधानसहित भारत भ्रमणमा गएका थिए । सो क्रममा १० जून १९९० मा जारी गरिएको संयुक्त वक्तव्यमा नेपालका सबै नदी नेपाल र भारतका साझा नदी भएको सहमतिपत्र जारी गरियो । त्यही वक्तव्यको जगममा टेकेर त्यसपछि भारतले नेपालका नदीमा हस्तक्षेप बढाउँदै लगेको छ ।
५ प्रम शेरबहादुर देउवा
नेपालको हित विपरीत भारतीय स्वार्थअनुसार राष्ट्रघाती महाकाली सन्धि उनको प्रधानमन्त्रीकालमा बनेको हो । सडकमा विशाल प्रदर्शनकै बीच माधवकुमार नेपालले प्रहरी दमन गरेर महाकाली सन्धि गरे । कर्णाली–चिसापानी परियोजना १०८०० मेगावाट अमेरिकी बदनाम कम्पनी एनरोन (हाल टाट पल्टिसकेको) लाई बुझाउन विशेष भूमिका खेलेका थिए ।
६ प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’
७ प्रम डा. बाबुराम भट्टराई
८ प्रम सुशील कोइराला
९ प्रम माधवकुमार नेपाल
महाकाली सन्धि गराउन भारतले एमाले पार्टीलाई व्यापक दबाब दिएको थियो तर महासचिव मदन भण्डारी त्यसका लागि तयार भएनन् । मदन भण्डारीको हत्यापछि एमाले पार्टीका अरू नेताहरूलाई आत्मसमर्पण गराएर राष्ट्रघाती महाकाली सन्धिमा हस्ताक्षर गराइयो । भारतीय हितमा रहेको महाकाली सन्धि संसद्बाट पारित गराउन प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले सत्तापक्ष (नेपाली काङ्ग्रेस) सँग मिलेर विशेष भूमिका निर्वाह गर्ने कार्य माधवकुमार नेपालले गरे ।
पञ्चेश्वर परियोजनाबाट हुने लाभका नाममा भूउपग्रहबाट बिजुली निर्यात गरी नेपाललाई सिंगापुर बनाउने भ्रम जनमानसमा प्रवाह गरी राष्ट्रघाती महाकाली सन्धिलाई संसदीय छाप लगाई वैधता प्रदान गर्नमा अहम् भूमिका निर्वाह गरे । आफू प्रधानमन्त्री रहँदा भारतीय योजनामा जलस्रोत मन्त्रालयको विघटन गरी पानीको मुद्दा नै विषयान्तर हुनेगरी ऊर्जा र सिञ्चाइ मन्त्रालय गठन गरे । पोखरामा सम्पन्न नेपाल भारत सचिवस्तरीय बैठकमा भारतीय हितअनुसार पञ्चेश्वर अघि बढाउने निर्णय गरे । माधव कुमारले भारतीय कम्पनीलाई ‘एमआरपी राहदानी’ छाप्न दिने निर्णय गरेका थिए । व्यापक जनविरोधका कारण सो कदमबाट फिर्ता भएको थियो । भारतीय हितमा हस्ताक्षर भएको महाकाली सन्धि संसद्बाट पारित गराउन मुख्य भूमिका केपी ओलीको थियो । महाकाली सन्धि लागू भएको दोस्रो दिनदेखि नै महाकाली सन्धिबाट नेपाललाई वार्षिक १ खर्ब २१ अर्ब आम्दानी हुने भन्दै ओलीले भ्रम सिर्जना गरे ।
मन्त्रीहरु………….
१ डा. प्रकाशचन्द्र लोहनी
पूर्वपञ्चहरूमा उनले देशभक्त छबि बनाएका छन् तर उनी राष्ट्रघाती महाकाली सन्धिका कट्टर पक्षपाती थिए । सो सन्धि पारित गराउन तत्कालीन परराष्ट्र मन्त्रीका हैसियतले अहम् भूमिका निर्वाह गरेका थिए । महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा भए पनि महाकाली नदी र कालापानी क्षेत्र कब्जा गर्ने भारतीय रणनीतिअनुसार लिपुलेक भन्दै नेपालको राष्ट्रिय अखण्डतामाथि प्रश्नचिन्ह उठाएका थिए ।
२ पशुपति शमशेर जबरा
सपरिवार भारतमा स्थायी बसोवास गर्ने नेता हुन् । उनका सन्तान र सम्पत्ति भारतमै स्थायी रूपमा छन् । महाकाली सन्धिमार्फत् महाकाली नदी भारतलाई सुम्पने, भारतको हितमा पञ्चेश्वर परियोजना निर्माणमा सहमति, म्याद गुज्रेको शारदा ब्यारेज र अवैध टनकपुर बाँधलाई वैधता प्रदान गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
३ भरतमोहन अधिकारी
४ वामदेव गौतम
राष्ट्रघाती महाकाली सन्धिको विरोध गर्दै एमाले पार्टी फुटाएर नेकपा माले गठन गरी राष्ट्रियताको चर्को नारा दिने व्यक्ति हुन्, वमादेव गौतम । तर लोकेन्द्रबहादुर चन्दको मन्त्रीमण्डलमा उपप्रधान तथा गृहमन्त्री भएको बेला नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री आईके गुजराललाई महाकाली सन्धि नेपालको संसद्ले विधिवत् रूपमा पारित गरेको जानकारी दिन आफैँ उपस्थित भएका थिए । चन्द सरकार विघटनपछि सत्ता र पदका लागि एमाले पार्टीबाट अलग्गिएको तर आफूलाई राष्ट्रवादी भ्रम दिन महाकाली सन्धिको खरानी घसेका थिए । भारतीय स्वार्थका लागि माथिल्लो कर्णाली र अरूण– ३ को पीडीए र पीटीए गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी पछिल्लो चरणमा भारतीयहरूको वकालतमा चर्को उभिएका नेता मानिन्छन् ।
५ राधा ज्ञवाली
६ गोकर्ण बिस्ट
माथिल्लो कर्णाली आयोजना पीपीए गर्ने र भारतको गुप्तचर संस्था भनी चर्चित जीएमआरलाई सुम्पने सरकारी निर्णयको विरोधमा स्थानीय जनता उत्रिएपछि सो आयोजनामा सेना परिचालनको निर्णय तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिस्टले गरेका हुन् । भारतीय स्वार्थअनुसार अघि बढाउन खोजिएको सप्तकोशी उच्चबाँध डीपीआर निर्माणका लागि सशस्त्र प्रहरी परिचालन बिस्टले नै गरेका हुन् । भलै त्यो रास्ट्रको सम्पती सुरक्षाका निम्ति तेस्तो निर्णय गरिएको हो भनेर भनियो ।
७ भीम रावल
माथिल्लो कर्णाली आयोजना र पीडीएका विरुद्ध सुरुमा आगो ओकलेका एमाले पार्टीका नेता भीम रावलले सुरुमा “यो सम्झौता भयो भने मेरो निर्वाचन क्षेत्रमा आगो बल्छ, म समर्थन गर्न सक्तिनँ” सदनमै भनेका थिए । तर पछिल्ला दिनहरूमा जीएमआरकै हेलिकोप्टर चढेर दैलेख, अछाम शयर गर्दै जीएमआरको वकालत गर्दै हिँडेका छन् । जीएमआरले सुरुमा विरोध गरेका सबैलाई खरिद गर्नाका लागि ५२ अरब बजेट छुट्याएको चर्चा छ ।
८ डा रामशरण महत
उनलाई विश्व बैङ्क र पश्चिमा अर्थनीतिका दलाल मानिन्छ ।
९ डा प्रकाशशरण महत
राष्ट्रघाती माथिल्लो कर्णाली, अरूण– ३ र माथिल्लो मस्र्याङ्दी पीडीए गर्ने प्रकाशशरण महतले ऊर्जामन्त्री हँुदा ठूलो प्रयत्न गरेका थिए । दाजु रामशरणको अमेरिकापरस्त देशद्रोही कार्यका प्रवत्ताका रूपमा उनले कार्य गर्दै आएका छन् । माथिल्लो तामाकोशी र तामाकोशी तेश्रो आयोजना नर्बेजियन कम्पनीलाई दिनुपर्ने भन्दै विदेशीको दलाली उनले गरे तर उनीहरूको दलाली सफल भएन ।
कर्मचारीहरु………
१ राधेश्याम पन्त
यी एकजना कर्मचारी हुन् । यिनको श्रीमती अनु पन्तको नाममा सञ्चालन हुँदै आएको स्माइल नेपाल नामको एनजीओका अध्यक्षका रूपमा काम गर्दै आएका पन्तले नेपालका ठूला आयोजना विदेशीलाई सुम्पन लबिङ गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १५ वटा विमानस्थलको व्यवस्थापन भारतीय निजी कम्पनीलाई सुम्पेर नेपालमा भारतीय सेना ल्याउन र सुरक्षा, सूचना तथा रणनीति भारतलाई दिन भारतीय कम्पनी आईएल एन्ड एफएसलाई उनले नै पत्राचार गरेका थिए । अरूण– ३ र माथिल्लो कर्णाली कसरी कुन शर्तमा गरिएको छ भन्ने सूचना हाल लुकाउने कार्य उनकै नेतृत्वमा भएको छ । ती आयोजनामा अक्षम राष्ट्रघात गरिएको छ । उनी कुमारी बैङ्कको मासिक १८ लाखको जागिर छाडेर लगानी बोर्डको ३ लाखको जागिरमा देश बनाउन होइन कि दिल्लीको निर्देशनमा नेपालको जलस्रोत भारतलाई सुम्पने लेन्डुपे मनोकांक्षा बोकेर आएका हुन् ।
२ राजेन्द्र किशोर क्षेत्रीः
यिनी ऊर्जा सचिव हुन् । राष्ट्रघाती महाकाली सन्धिदेखि नै उनी विभिन्न सरकारी गैरसरकारी वार्ता टोलीको सदस्य रहँदै आएका थिए । उनले माथिल्लो कर्णाली र अरूण– ३ को पीटीए, पीडीए गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । माथिल्लो कर्णाली पीडीएका लागि दिल्ली गएको सरकारी वार्ता टोलीको नेतृत्व क्षेत्रीले गरेका हुन् । हाल उनले नै नेपालका सबै जलविद्युत आयोजनाको डलरमा पीपीए गराउने हर्कतको नेतृत्व गरिरहेका छन् ।
३ सूर्यनाथ उपाध्याय
नेपाल सरकारका भूतपूर्व कर्मचारी सूर्यनाथ उपाध्याय महाकाली सन्धिका कट्टर पक्षपाती हुन् । नेपाल सरकारका वार्ता टोली सदस्यका रूपमा उनले सो राष्ट्रघाती सन्धि गर्ने भूमिका निर्वाह गरे । नेपालको हितविरुद्ध रहेको पश्चिम सेती आयोजना अस्टे«लियन बहुराष्ट्रिय कम्पनी ‘स्मेक’ को वैतनिक कर्मचारी ( कन्सल्ट्यान्ट) भई स्मेक र भारतको पक्षमा आयोजना पार्नका लागि ठूलो भूमिका खेले । महाकाली सिञ्चाइ परियोजनामा जलश्रोत सचिव रहँदा भएको ७ करोडभन्दा बढी अपचलनमा उनको समेत सहभागिता त्यसै बेला चर्चामा थियो । यतिबेला विश्बबैङ्कको सहयोगमा जलश्रोत विकास संस्था नामक एनजीओ चलाएर नोकरशाहहरू र जलमाफियालाई राष्ट्रहित विरोधी कार्यमा परिचालन गरिरहेका छन् । उनी अहिले प्रबुद्ध समूहको सदस्यमा छन् । यसबाट नै बुझिन्छ प्रबुद्ध समूहले कत्तिको नेपालको हितमा काम गर्ला भनेर ।
४ किशोरबाबु अर्याल
पूर्व जलश्रेत सचिव किशोरबाबु अर्याल पश्चिम सेतीमा स्मेकको वैतानिक कन्सल्ट्यान्ट भई भारत र अस्टे«लियन कम्पनी स्मेकको पक्षमा खुला लबिङ गरेका थिए । महाकाली सिञ्चाइ योजनामा भएको भ्रष्टाचारमा निज अर्यालको भूमिका थियो ।
५ जनकलाल कर्माचार्य
यी एकजना जलमफिया हुन् । नेपालमा बन्ने जलाशययुक्त परियोजनाको तल्लो तटीय बाँध र पानीको अतिरिक्त अधिकारको विरुद्ध विदेशीको पक्षमा बोल्दै नाजायज लाभका लागि विदेशीको चाकरी गर्दै आएका छन् । उनी एकजना भारत समर्थक जलमाफिया मानिछन् । अन्धाधुन्ध वैदेशिक लगानीको समर्थन गर्दै नेपालको आन्तरिक पुँजीलाई निरुत्साहित गर्ने भूमिका खेल्दै आएका छन् ।
६ रामेश्वर खनाल
यी एकजना ‘भगौडा नोकरशाह’ नामले बदनाम कर्मचारी हुन् । जसले विश्व बैङ्कको योजनामा अर्थ मन्त्रालयको सचिव पद छोडेका थिए । हाल विश्व बैङ्कको दक्षिण एसिया सल्लाहकारका रूपमा आफूलाई विज्ञापन गर्दै नेपाली पुँजी, प्रविधि र जनसहभागितामा आयोजना बन्नुपर्छ भन्ने व्यक्ति र संस्थाकोे विरुद्ध गालीगलौजमा उत्रिएका छन् । नेपालमा बन्ने ठूला जलाशययुक्त बाँध आयोजनाले भारतमा अतिरिक्त पानी तथा बाढी नियन्त्रण हुँदैन, भारतमा नेपालले बेच्ने र गर्ने भनेको बिजुली मात्रै हो भन्ने विश्वबैङ्क, डीफीड र अस्ट्रेलियन एडले भारतका पक्षमा प्रायोजित रूपमा सन् २०१२ मा सार्वजनिक गरेको ‘गंगेज स्टाटेजिक एसिसमेन्ट’ नामक नेपाली हित विरोधी प्रतिवेदनको खुलेर समर्थन गर्दै निजले वक्तव्यबाजी गरेका थिए ।
७ डिल्लीबहादुर सिंह
यिनले पञ्चेश्वर परियोजना प्रमुख हुँदा भारतको योजनाअनुसार पञ्चेश्वरबाट नेपाललाई अथाह लाभ हुन्छ भन्ने भ्रम सृजना गरेका थिए । यतिबेला सेवा निवृत्त हुँदा आफू पञ्चेश्वर प्राधिकरण प्रमुख हुनुपर्छ भन्दै भारतीय टेलीभिजन च्यानलमा धारणा सार्वजनिक गर्दै हिँडेका छन् । राष्ट्रघाती, दलाल सिंहले राष्ट्रघाती महाकाली सन्धि विरोधीलाई ‘जो चोर उसैको ठूलो स्वर’ भने झैँ उल्टै भारतबाट परिचालित भन्दै हिँडेका थिए ।
Post a Comment