Header Ads

अन्तिम पल्ट अंगालेर रुने लाशसम्म पाएन, मुटु हल्लाउँने एउटा वियोगान्त कथा



काठमाडौं । एउटा घरमा दुई आमा छोरा बस्थे । समान्य आर्थिक अवस्था रहेको त्यो घर शान्त र सुन्दर थियो । ति आमाले आफ्नो छोरा डेबिटलाई जन्माएको धेरै समय भएको थिएन । उनी छोरालाई खुब माया गर्थिन । एक दिन छोरालाई दुध ख्वाएर सुताई राखेर आमा बगैचामा जान्छिन् । जब उनी बगैँचामा थिईन् उनको घरमा आगो लाग्यो । उनी छिटो भन्दा छिटो दौडिएर आफ्नो छोरालाई बचाउन घर तर्फ गईन् ।मान्छेहरुले उनलाई रोक्ने कोशिस गरे । तर, गाउँलेहरु उनलाई रोक्न असफल भए । उनी आफ्नो छोरा सुतेको ठाँउमा पुगिन् । छोरा सकुशल रहेर खुशी हुँदै छोरालाई बोकेर भाग्ने क्रममा उनको कपाललाई आगोले भेट्टायो । उनी जल्न पुगीन ।

उनको रुप आगोले पोलेको दागबाट धेरै खराब हुनपुग्यो । तर, उनी आफ्नो छोरालाई बचाउँन सकेकोमा खुब गर्व गर्थिन । छोरा ठुलो हुदैँ गयो । राम्रो पढ्यो, जागिर खायो धेरै पैसा पनि कमायो । तर, उनको छोरो गाउँमा बस्न मान्ने । आमालाई गाउँमै छाडेर शहर पस्यो । छोरा किन शहर पस्यो आमाले केहि बुझ्नै सकिनन् ।

खासमा उनको छोरालाई आफ्नी आमाको आधा जलेको स्वरुपसँग नफरत थियो । उसलाई आफ्नी आमा संसारकी नराम्री लाग्थ्यो । आमाको शरिरको दागसँग उ लज्जित थियो । उसले उसका नजिकका साथिसँग आफ्नी आमा साह्रै नराम्री रहेको बताउँन थाल्यो ।
यो खबर आमाले थाहा पाउँछिन् । आमाले दुखी हुँदै आफ्नो आधा जलेको जीवनको रहस्य छोरालाई बताउँन शहर जाने निर्णय गरिन । अचानक छोराको मनको भ्रम हटाउँन शहर हिडेकी आमा नै यो दुनियाको भ्रमबाट बिदा भईन । उनको गाडी दुर्घटनामा मृत्यु भयो ।

छोराले पनि आमाको निधनको खबर पायो । त्यो छोरा त दुःखी हुनुको सट्टा खुशी भयो । उ गाउँ फर्कियो । गाउँमा देख्यो उसकी आमाको मृत्युले गाउँनै शोकमा डुबेको थियो । उसले कसैको प्रबाह गरेन । उ आमाको कोठामा गएर महत्वपूर्ण कागजात खोज्न थाल्यो त्याहाँ उसले आमाको पुरानो डायरी भेट्यो‘‘।

डायरीमा यस्तो लेखेको थियो
5th Sept-1980:- म मिस टोरोन्टो प्रतियोगितामा बिजयी भएँ ..!
14th Jan 1982:- मेरो पति टोनि गेटसनको एक दुर्धटनामा परेर मृत्यु भयो र मलाई ६ महिनाको गर्भवति छोडेर जानुभयो !
2nd July 1983 :- मैले मेरो छोरालाई आगोबाट बचाउँदा मेरो कपाल र मेरो अनुहारमा दाग लाग्यो ! बल्ल छोराले थाहा पायो आफ्नी आमाले कसरी आधा जलेको जीवन बाँच्नु पर्यो । त्यसपछि त्यो छोरा साह्रै दुःखी भयो । रोयो । तर, बिडम्बना त्यस बेला उसको सामु अन्तिम पल्ट हेर्ने आमाको लाश पनि थिएन

No comments