Header Ads

बारामा जन्ती बोकेको बस र कार ठोक्किदाँ ४ जनाको मृत्यु, झन्डै दर्जनभन्दा बढी घाइते - See more at



फाइल फोटो

बारा २५ मंसिर – बारामा आज बिहान जन्ती बोकेको बस र कार ठोक्किदा ४ जनाको मृत्यु भएको छ । पथलैया अमलेखगन्ज सडक खण्डमा शनिबार बिहान वीरगञ्जबाट जन्ती लिएर हेटौंडातर्फ गइरहेको बस कारसँग ठोक्किन पुग्दा उनीहरुको मृत्यु भएको हो।

दुर्घटनामा कारका चालक खोटाङका २३ वर्षका दीपकबहादुर थापा, कुमारी थापा, महेन्द्र आले र जेनिस काफ्लेको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा झन्डै दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरुको हेटौंडा र वीरगंजका अस्पतालमा उपचार भइरहेको छ ।

- See more at: http://www.lightnepal.com/63506/#sthash.SpqkV5t6.z7yd3RFj.dpuf

No comments