Header Ads

पाँच नम्बर प्रदेश टुक्राएको बिरोधमा गुल्मी एघारौं दिन पनि ठप्प, जनजीवन कष्टकर बन्दै - See more at:



गुल्मी,२५ मंसिर– अनिश्चितकालिन बन्दले गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा ११ दिनदेखि बन्द आह्वान गरिएको छ ।


अनिश्चितकालिन बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानैदेखि बन्द गराउदै हिडेका छन् । जसका कारण जिल्ला सदरमुकाम तम्घासँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।

जिल्लाको सदरमुकाम तम्घाससहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । जिल्लाको आन्दोलनलाई शसक्त बनाउन भन्दै यहि मंसिर २७ गते बृहत सभा गर्ने बताइएको छ ।

No comments