Header Ads

धन कमाउने मिठो सपना बोकेर बिदेशीदा ,मलेसियामा दुबै खुट्टा गुमाएका नेपाली युवाको वेदना यिनको न जीबन बिमा न सरकार बाट क्षतिपूर्ती यी युवाको जीबनले कस्तो मोड़ लेला?>>>




धन कमाउने मिठो सपना बोकेर बिदेशीदा ,मलेसियामा दुबै खुट्टा गुमाएका नेपाली युवाको वेदना यिनको न जीबन बिमा न सरकार बाट क्षतिपूर्ती यी युवाको जीबनले कस्तो मोड़ लेला?
च्यामा गाविस- ४ का गणेशवहादुर फुयाँल क्षेत्री अहिले दुबै खुट्टा छिनेको अवस्थामा मलेसिायस्थित एक अस्पतालको शैय्यामा पल्टेर आफ्नो कहालीलाग्दो बाँकी जीवनबारे सोचिरहेका छन्

पुत्राजया अस्पतालको बेड न २२ मा दुबै खुट्टा गुमाएर ओछ्यान परेका गणेशले भने- ‘के गर्नु, उसले पनि जानेर गरेको हैन, मेरो कर्म त्यस्तै रै’छ कसलाई के दोष दिनु ?’ आफ्ना दुबै खुट्टा गुमाएर पनि कसैलाई दोष नदिने विचित्रको अवस्थामा छन् गणेश यतिबेला ।

आठ कक्षामा पढ्दा बुबा बितेपछि परिवारको जिम्मेवारी सम्हाल्न पुगेका गणेश परिवारलाई सम्पन्न बनाउने सपना साँचेर केही वर्ष अगाडि मलेसियाको पेनाङमा आएका हुन् । शुरुमा उनको काम राम्रै थियो । मलेसियामा कमाएको पैसाले उनले गाउँमै खुद्रा पसल पनि थापे, उद्यमी बन्नु पर्छ भनेर कुखुरा फार्म पनि खोले ।

नेपालको परिस्थितिले उनलाई उद्यमी बनिरहन दिएन । दिनदिनै भइरहने आन्दोलन र बन्दले गर्दा उनले पालेका कुखुरा दानासमेत खान नपाएर मर्न थाले । लाखौं रुपैयाँ घाटा भएपछि उनी उद्यमी बन्ने सपना बीचैमा त्यागेर विदेशतिर हानिने निश्कर्षमा पुगे ।

No comments