Header Ads

तपाईं कुनै उद्योग धन्दा चलाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने प्रस्ताव तयार पारिहाल्नुहोस् ।



६ असोज, काठमाडौं । तपाईं कुनै उद्योग धन्दा चलाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने प्रस्ताव तयार पारिहाल्नुहोस् ।

उद्योग मन्त्रालयले आफ्नो गाउँ, जिल्ला र राष्ट्रिय रुपमा गर्न सकिने सम्भाव्य उद्योगहरु, परम्परागत रुपमा सञ्चालन हुँदै आएका विविध जातजातिका विविध व्यावसायहरुको आधुनिकीकरण सम्वन्धमा सार्वजनिक प्रस्ताव आहृवान गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय/विकास समितिमा आफूले चलाउन चाहेको उद्योगबारे प्रस्ताव पेश गर्न सकिन्छ । प्रस्ताव पेश गर्ने समयसीमा कात्तिक मसान्तसम्म छ ।

प्राप्त प्रस्तावहरुको रोष्टर तयार पार्ने र रोष्टरमा समाविष्ट भएका सम्भाव्य उद्योग सञ्चालनका लागि सम्वन्धित कार्यालयहरु मार्फत प्रवर्द्धनात्मक कार्यक्रमहरु गरिने मन्त्रालयले जनाएको छ ।

प्रस्ताव पेश गर्दा परियोजना प्रस्ताव, व्यावसायीक योजना र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

२०७३ असोज ६ गते १९:२५ मा प्रकाशित

No comments