Header Ads

अाफ्नै अपहरणको नाटक गरी अभिभावकसँग पैसा असुल्ने जाेडी पक्राउ



आश्विन ६, २०७३- प्रहरीले अपहरणको नाटक गरी आफ्नै अभिभावकसँग पैसा ठग्न खोज्ने छोरी र उनका प्रेमीलाई पक्राउ गरेको छ । अभिभावकले दिएको उजुरीका आधारमा सिन्धुपाल्चोक घर भई पाटनढोका बस्ने सावित्री खडका र उनका प्रेमी रामचन्द्र खत्री पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार प्रेमी–प्रेमिका दुवैको योजनामा खडकाले आफ्ना अभिभावकलाई आफू अपहरणमा परेको जनाउँदै फिरौती रकम चाहियो भनी मोबाइलमा एसएमएस पठाएकी थिइन् ।

खत्रीले आफूले अन्य व्यक्तिसँग लिएको ऋण तिर्न यस्तो योजना बनाएको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ । परिसरका प्रवक्ता ईश्वर कार्कीले दुवैलाई अनावश्यक भ्रम सिर्जना गरी समाजमा नकारात्मक असर पर्ने काम गरेकाले सार्वजनिक अपराधअन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिए ।


No comments