Header Ads

जपानको नेपाली जनसम्पर्क समितिले पूर्णता पायो



आश्विन ६, २०७३- नेपाली जनसम्पर्क समिति जापानले आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गरेको छ । यस्तै सो समितिको नियमित बैठकले सल्लाहकारहरू को चयन पनि गरेको छ ।

बैठकले नेपाली जनसम्पर्क समितिको विस्तारित कार्यसमितिमा ५ जना उपाध्यक्षसहित ३ सहमहामन्त्री १ सहकोषाध्यक्ष र १६ जना सदस्यलाई मनोनयन गरेको छ ।

उप-सभापतिहरूमा राजेन्द्र जमरकट्टेल, पुष्करजंग थापा, पेम्बा लामा, बद्रि पौडेल, साधना घिमिरेलाई चयन गरेको छ । यस्तै सह-महामन्त्रीहरूमा ध्रुव थापा, प्रेम कँडेल, हरि प्र.कँडेल चयन भएका छन् भने सह-कोषाध्यक्षको जिम्मेवारी दिपक बुर्जामगरलाई र प्रवक्ताको जिम्मेवारी ऋरेन्द्र गिरीलाई दिइएको छ ।

त्यसैगरि विगत लामो समय देखी नेपाली जनसम्पर्क समिति जापानमा आवद्ध भई विभिन्न काम गरेका १६ जनालाई सल्लाहकारमा मनोनित गरेको छ।


No comments