Header Ads

कानून र प्रतिवेदनको पर्खाईमा निर्वाचन आयोग, चैतमा निर्वाचन गर्न आयोग तयार - See more at

नेपालगन्ज, ६ असोज । प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले निर्वाचन कानून र राज्य पुनर्संरचना आयोगको प्रतिवेदन नआएका कारण निर्वाचनको काम अगाडि बढाउन समस्या भएको बताएका छन् । हामी निर्वाचन कानून र आयोगको प्रतिवेदनको पर्खाईमा छौँ, कुन बेला कानून आउँछ भनेर कुरेर बसिरहेका छौँ, उनले भने, ‘पुनर्संरचना आयोगले असोज भित्र प्रतिवेदन दिने प्रतिबद्धता जनाएको छ, कानून र प्रतिवेदन समयमा पाउनु पर्छ, तोकिएको समय निर्वाचन हुन्छ ।’

नेपालगन्जमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले निर्वाचन कानून र आयोगको प्रतिवेदन समयमा नआएको खण्डमा ब्यवस्थापनमा जटिलता आउने बताए । उनले राजनीतिक दलहरुलाई निर्वाचन कानून छिटो उपलब्ध गराउन आग्रह गरे । पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा समेत निर्वाचन कानून संसदबाट पास गरेर छिटो दिन आग्रह गरेको उनले बताए ।

निर्वाचन घोषणा भएको न्यूनतम १२० दिनको (४ महिना) समय तयारी गर्न लाग्ने समेत उनले बताए । स्थानीय निर्वाचन १८ बर्षपछि हुँदैछ, प्रदेश निर्वाचन हाम्रो लागि नयाँ हो, त्यसका कारण समेत समय चाहिन्छ,’ प्रमुख आयुक्त यादवले भने । कानून र प्रतिवेदनको पर्खाईमा निर्वाचन आयोग

चैतमा निर्वाचन गर्न आयोग तयार

नेपालगन्ज ः प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले निर्वाचन कानून र राज्य पुनर्संरचना आयोगको प्रतिवेदन नआएका कारण निर्वाचनको काम अगाडि बढाउन समस्या भएको बताएका छन् । हामी निर्वाचन कानून र आयोगको प्रतिवेदनको पर्खाईमा छौँ, कुन बेला कानून आउँछ भनेर कुरेर बसिरहेका छौँ, उनले भने, ‘पुनर्संरचना आयोगले असोज भित्र प्रतिवेदन दिने प्रतिबद्धता जनाएको छ, कानून र प्रतिवेदन समयमा पाउनु पर्छ, तोकिएको समय निर्वाचन हुन्छ ।’

नेपालगन्जमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले निर्वाचन कानून र आयोगको प्रतिवेदन समयमा नआएको खण्डमा ब्यवस्थापनमा जटिलता आउने बताए । उनले राजनीतिक दलहरुलाई निर्वाचन कानून छिटो उपलब्ध गराउन आग्रह गरे । पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा समेत निर्वाचन कानून संसदबाट पास गरेर छिटो दिन आग्रह गरेको उनले बताए ।

निर्वाचन घोषणा भएको न्यूनतम १२० दिनको (४ महिना) समय तयारी गर्न लाग्ने समेत उनले बताए । स्थानीय निर्वाचन १८ बर्षपछि हुँदैछ, प्रदेश निर्वाचन हाम्रो लागि नयाँ हो, त्यसका कारण समेत समय चाहिन्छ,’ प्रमुख आयुक्त यादवले भने ।

उनले फागुनको अन्तिमबाट स्थानीय निर्वाचन थाल्न सकिने बताए । प्रमुख निर्वाचन आयुक्त यादवले चैतमा स्थानीय निर्वाचन हुने शंका नगर्न समेत आग्रह गरे । उनले भने, ‘ढुक्क हुनुहोस् चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ ।’

उनले निर्वाचन निधारित मितिमा गर्नुपर्ने बाध्यता नै रहेको बताए । ‘संविधान कार्यान्वयनको लागि निर्वाचन गर्नै पर्छ, यसको विकल्प नै छैन,’ प्रमुख आयुक्त यादवले भने, ‘फागुनमा थालेर २०७३ साल भित्र स्थानीय निर्वाचन सक्ने, जेठ–असारमा प्रदेशको निर्वाचन गर्ने, साउन भदौमा राष्ट्रिय सभाको निर्वाचन गर्ने र कार्तिक–मंसिरमा नै संसदिय निर्वाचन गर्न सकिने छ ।’

उनले राजनीतिक दलहरु संविधानको कार्यान्वयन गर्नका लागि समेत निर्वाचनमा जानुको विकल्प नभएको बताए । उनले भने, ‘सबै राजनीतिक दल एकमत र सहमत नभएमा निर्वाचन ब्यवस्थापनमा जटिलता आउँछन्, संविधान कार्यान्वयन महत्वपूर्ण पक्ष निर्वाचन भएकोले सबै दल एकमत हुनुको विकल्प नै छैन् ।’ आयोगले गर्नुपर्ने तयारी अगाडि बढिसकेको उनले बताए ।

उनले आयोग संवैधानिक भएपनि स्वायत्त नरहेको बताए । उनले निर्वाचनको मिति र निर्वाचन क्षेत्र निर्धारण लगायत कुरा आयोगले गर्न पाउनु पर्ने बताए । उनले भने, ‘संबैधानिक आयोग भएपनि स्वायत्त अधिकार छैन, निर्वाचन मिति घोषणा गर्ने, क्षेत्र तोक्ने, आर्थिक तथा बैठक आयोगकै क्षेत्राधिकार भित्र हुनु पर्छ । उनले प्रस्तावित निर्वाचन कानूनको आयोग स्वायत्तताको कुरा राखिएको बताए ।

प्रमुख आयुक्त यादवले १.५ प्रतिशत थ्रेस होल्ड अनिवार्य रुपमा हुनुपर्ने प्रस्ताव नै निर्वाचन आयोगले गरेको बताए । उनले भने, ‘२०६४ सालको निर्वाचनमा नै आयोगले थ्रेस होल्डको प्रस्ताव ल्याएको हो, हामीले १.५ थ्रेस होल्डको प्रस्ताव गरेका थियौँ ।’

उनले निर्वाचनमा उम्मेदवारद्वारा हुने खर्च नियन्त्रण गर्न प्रयास भइरहेको बताए । खर्च नियन्त्रण गर्न कडाई गर्दै लैजाने प्रमुख आयुक्त यादवले बताए । उनले अनियन्त्रित खर्च गर्ने उम्मेदवारी र दल समेत खारेज गर्न सक्ने बताए ।
प्रमुख आयुक्त यादव जिल्ला स्तरमा हुने प्राविधिक तयारीको लागि जिल्ला दौडाहमा निस्किएका छन् ।

माओवादी केन्द्रको भेला सिमलघारी
खजुरा ः नेकपा माआवादी केन्द्रका केन्द्रीय सदस्य परमानन्द वर्माले कार्यकर्तालाई निर्वाचन जुट्न निर्देशन दिएको छन् । चैतमा स्थानिय तहको निर्वाचन हुने भएको बताउदै उनले कार्यकर्तालाई निर्वाचनको तयारीमा जुटनको लागि निर्देशन दिएका छन् । विहिबार खजुरा सिमलघारी भएको भेलामा बोल्दै केन्द्रीय सदस्य एव बाँके सहइन्चार्ज वर्माले निर्वाचन आउन लागेको कार्यकर्ता संगठन विस्तारमा समेत लाग्न निर्देशन गरेका छन् । सो भेलामा सोनपुर, उढरापुर तथा रनियापुरका माओवादी कार्याकर्ताको सहभागिता रहेको थियो । असोज ९ गते उढरापुरमा समिक्षा भेला हुने समेत उनले जानकारी दिए ।

प्रस्तावित जानकी गाउपालिकाको विषय छलफल

खजुरा ः प्रस्तावित जानकी गाउँ पालिकाको बिषयमा छलफल गर्न माओवादी केन्द्रले बाबाकुटीमा भेला गरेको छ ।
बेलहरी, खजुराखुर्द, गनापुर, इन्द्रपुर, साईगाउँ, बेलहरी गाविसका कार्यकर्ताहरुको उपस्थीतिमा भेला सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रक्षाराम वर्माको सभापतित्व भएको भेलामा जिल्ला इन्चार्ज महेश्वर गहतराज, केन्द्रीय सदस्य डम्बर विक, अत्तहर हुसेन फारुकी, गोपाल पुन लगायतको उपस्थीति रहेको थियो । भेलामा संगठन विस्तार, सदस्यता वितरण, विकास निर्माण तथा स्थानिय तहको निर्वाचनको विषयमा अन्र्तक्रिया भएको अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष जित बहादुर वर्मा जानकारी दिए ।

उनले फागुनको अन्तिमबाट स्थानीय निर्वाचन थाल्न सकिने बताए । प्रमुख निर्वाचन आयुक्त यादवले चैतमा स्थानीय निर्वाचन हुने शंका नगर्न समेत आग्रह गरे । उनले भने, ‘ढुक्क हुनुहोस् चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ ।’

उनले निर्वाचन निधारित मितिमा गर्नुपर्ने बाध्यता नै रहेको बताए । ‘संविधान कार्यान्वयनको लागि निर्वाचन गर्नै पर्छ, यसको विकल्प नै छैन,’ प्रमुख आयुक्त यादवले भने, ‘फागुनमा थालेर २०७३ साल भित्र स्थानीय निर्वाचन सक्ने, जेठ–असारमा प्रदेशको निर्वाचन गर्ने, साउन भदौमा राष्ट्रिय सभाको निर्वाचन गर्ने र कार्तिक–मंसिरमा नै संसदिय निर्वाचन गर्न सकिने छ ।’

उनले राजनीतिक दलहरु संविधानको कार्यान्वयन गर्नका लागि समेत निर्वाचनमा जानुको विकल्प नभएको बताए । उनले भने, ‘सबै राजनीतिक दल एकमत र सहमत नभएमा निर्वाचन ब्यवस्थापनमा जटिलता आउँछन्, संविधान कार्यान्वयन महत्वपूर्ण पक्ष निर्वाचन भएकोले सबै दल एकमत हुनुको विकल्प नै छैन् ।’ आयोगले गर्नुपर्ने तयारी अगाडि बढिसकेको उनले बताए । उनले आयोग संवैधानिक भएपनि स्वायत्त नरहेको बताए । उनले निर्वाचनको मिति र निर्वाचन क्षेत्र निर्धारण लगायत कुरा आयोगले गर्न पाउनु पर्ने बताए । उनले भने, ‘संबैधानिक आयोग भएपनि स्वायत्त अधिकार छैन, निर्वाचन मिति घोषणा गर्ने, क्षेत्र तोक्ने, आर्थिक तथा बैठक आयोगकै क्षेत्राधिकार भित्र हुनु पर्छ । उनले प्रस्तावित निर्वाचन कानूनको आयोग स्वायत्तताको कुरा राखिएको बताए ।

No comments