Header Ads

७० वर्षीया आमालाई कोदालोले हानेर मार्ने ४० वर्षीय छोरो प्रहरी खोरमा::Read more news>>





काठमाडौं, ६ असोज । गुल्मीको डिब्रुङ गाविसमा ७० वर्षीया आमाको आफ्नै छोराले कोदालोले हानेर हत्या गरेका छन् । के कारणले बृद्ध आमाको हत्या गरिएको हो भन्ने सम्बन्धमा प्रहरीले केही बताएको छैन ।



आमालाई कोदालो प्रहार गरी हत्या गर्ने ४० वर्षीय बीरबहादुर काउछालाई बिहिबार प्रहरीले पक्राउ गरी सदरमुकाम तम्घासमा ल्याउँदै छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।



यसैगरी सल्यान रिम–३ बस्ने २२ वर्षीय टेकबहादुर साहुलाई सामान्य बिवादको कारण धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय देबबहादुर साहुलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।



घाइतेलाई उपचारको लागि नर्सिङहोम नेपालगंज पठाइएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

No comments