Header Ads

चट्याङ लागेर मरेका यसरी बने शहीद, एमाले नेताको खुलासा

काठमाडौं, १ असोज । पूर्वमन्त्री एवं दोलखा क्षेत्र नमबर २ का सांसद आनन्दप्रसाद पोखरेलले सरकारले चट्याङ लागेर मरेकालाई पनि मधेस आन्दोलनका नाममा सहिद घोषणा गरेको आरोप लगाएका छन् । आन्दोलनमा सहभागी नै नभएका र चट्याङ लागेर मरेकालाई समेत सरकारले मधेस आन्दोलनमा मारिएको भन्दै सहिद घोषणा गरेर राज्यस्रोतको दुरुपयोग गरेको उनले आरोप लगाएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । शुक्रबार रेडियो शैलुङ दोलखाको वार्षिकोत्सवको कार्यक्रममा पूर्वमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले कैलालीमा एसएसपीसहित सुरक्षाकर्मीलाई हत्या गर्ने अभियुक्तको मुद्दा फिर्ता लिएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारुले सुरक्षा बलको मनोबल गिराएको जिकिर गरे ।

No comments