प्रधानमन्त्री दाहाल मधेशका मुद्दा थाती राखेर भारतसँग साइनो गाँस्न हतारिएको मधेसवादी नेताहरुको आरोप
वीरगन्ज, ३० भदौ । वीरगन्जका राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा बुद्धिजीविले मधेशका मुद्दा सम्बोधनका लागि संबिधान संसोधनको विकल्प नरहेकोले सार्थक संवाद गर्न सुझाव दिएका छन्।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश मुद्दालाई अल्झाई राखेर भारतसँग साइनो गाँस्न व्यस्त रहेको गुनासो गरे। वीरगन्जमा आयोजित ‘मधेसको सवाल र सामाजिक सौहार्द’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले वर्तमान सरकार पनि यसअघिको सरकारजस्तै मधेश मुद्दाप्रति इमान्दार नभएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले अलमल गर्दै भ्रममा अल्झाई राख्न खोजेको उनले आरोप लगाए। सोनलले भारतसँग साइनो गाँस्नमा प्रधानमन्त्रीको ध्येय केन्द्रित भएकोले मधेशको मुद्दा ओझेलमा परेको बताए।
कार्यक्रममा बोल्दै पूर्वसभामुख दमननाथ ढुङ्गानाले स्थानीयका सुझावलाई देशको राजनीतिक निकासका लागि संवादबाट समस्याको निकास निकाल्नुपर्ने बताए। उनले मधेश आन्दोलनको मागसम्बोधन नगरिए संबिधान र संबिधानसभा बढारिने चेतावनी दिए।
कार्यक्रममा बोल्ने मधेसी दलका नेता, नागरिक समाजका अगुवा र बुद्धिजीविले नीति र नियत इमान्दार पारेपछि मात्र सामाधान निस्किने बताए। अन्तक्र्रियाको आयोजक रहेको काठमाडौंको जागृत नेपालका अध्यक्ष विजयकान्त कर्णले मधेशी र पहाडेबीच परस्पर स्विकार्यता र विश्वास बढाएर लैजानु पर्ने बताएl
Post a Comment