Header Ads

लग्दहवामा किशोरी शिक्षा कक्षा संचालन



नेपालगन्ज, ३१ भदौ । सिविन नेपाल बाल हेल्पलाइनले नेपालगन्ज उपमहानगरपालिका लग्दहवामा किशोरी शिक्षा संचालन गरेको छ ।

किशोरावस्थामा हुने लक्ष्यण, बाल विवाहले पार्ने असर, चेलिबेटी बेचविखन, प्रजनन् स्वास्थ्य लगायत किशोरी अधिकारका बारेमा जानकारी दिन किशोरी शिक्षा संचालन गरिएको हो । मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरि संचालन गरिएको उक्त किशोरी शिक्षा कक्षामा स्थानीय किशोरीको क्षमता बृद्धिका साथै सानो उमेरमा विवाह गर्दा पर्ने असर, प्रजनन् स्वास्थ्य, शिक्षा, स्वास्थ्यका विषयमा पनि ज्ञान प्रदान गरिने सिविन नेपाल नेपालगन्जका प्रमुख शिद्धराज पनेरुले जानकारी दिए ।

उनले मधेसी समुदायमा देखिएको प्रजनन् स्वास्थ्य र क्षमता अभिबृद्धिका लागि संचालन गरिएको कक्षामा ३० बढि किशोरी नियमित रुपमा कक्षामा आउने गरेको बताए । उनले उक्त किशोरी शिक्षा कक्षामा बालविवाह, बालविवाहले पार्ने असर, शिक्षाको महत्व लगायत विषयमा ज्ञान दिन कक्षा संचालन गरिएको बताए ।

उक्त किशोरी शिक्षा कक्षाको राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका निमित्त निर्देशक रमेश कुमार थापाले गरेका हुन् । किशोरी कक्षामा सहभागी किशोरीलाई समेटेर किशोरी क्लव समेत गठन गरिएको सिविन नेपालले जनाएको छ ।

No comments