अब आमाबिना पनि बच्चा जन्माउन सकिने !
एजेन्सी, यदि कसैले आमाबिना पनि बच्चा जन्माउन सकिन्छ भन्दा उसलाई सायद मानिसले पागलको संज्ञा दिन्छ होला। तर अब आमा बिना पनि बच्चा जन्माउन सकिने सम्भावना रहेको वैज्ञानिकले दाबी गरेका छन्। वैज्ञानिकका अनुसार मुसामा गरिएको परीक्षण अध्ययन सफल भएपछि उनीहरुले यस्तो बताएका हुन्।
वैज्ञानिकले बताए अनुसार अब मानिसले अण्डा वा डिम्बको साटो छालाको कोषबाट बनाइएको अण्डा वा डिम्बबाट बच्चा जन्माउन सक्नेछन्।
अध्ययनमा संलग्न अनुसन्धानकर्ता डा. टोनी पेरीले भनेका छन्, ‘अण्डा वा डिम्बको सट्टा छाला वा अरु अंगका कोष प्रयोग गर्दा सफल भउको छ। अब बच्चा जन्माउनका लागि पोथीको अण्डा वा डिम्ब अनिवार्य भने हुने छैन।’
उनले यो अनुसन्धान गर्न झन्डै दुईसय वर्षपछि मात्र सम्भव भएको र अझै केही खोजको आवश्यकता रहेको बताएका छन्। सो अनुसन्धानबाट अब महिला नभए पनि दुई पुरुषले पनि बच्चा जन्माउन सक्ने देखिl
Post a Comment