Header Ads

क्रान्तिकारी माओवादीद्धारा भोलि चक्का र ९ गते उपत्यका बन्द घोषणा-



काठमाडौं, ६ असोज – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आफ्ना कार्यकर्ता रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

माओवादीले विहीबार पत्रकार सम्मेलन गरी आफ्ना कार्यकर्ताहरुलाई बिहीबारसम्म रिहा नगरे असोज ७ गते १० बजेदेखि १ घण्टा चक्काजाम, ८ गते सिठ्ठी जुलुस र ९ गते उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको छ ।


चन्दा उठाउदै हिडेको भन्दै प्रहरीले माओवादीका केन्द्रिय सदस्य शिवराम यादव सहित ४ जना कार्यकर्तालाई असोज ५ गते बागबजारबाट पक्राउ गरेको थियो ।



No comments