Header Ads

अब ग्यास सिलिण्डरको मूल्य एउटै,



काठमाडौं, असोज ६- सरकारले खाना पकाउने सबै ग्यास कम्पनीको सिलिन्डर मूल्य एउटै बनाउने तयारी गरेको छ ।

सिलिन्डरको मूल्य फरक हुँदा सर्वसाधारण ठगिएको गुनासो बढेपछि आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो ।

‘कम्पनीहरुले मनोमानी रुपमा मूल्य असुल्दै आएका छन्, छिट्टै मूल्य तोक्ने विषय कार्यान्वयन गर्न लागेका छौं,’ आपूर्ति मन्त्री दीपक बोहराले भने, ‘सिलिन्डर उत्पादक र ग्यास उद्योगीसँग मूल्यको विवरण बिहीबार नै माग्ने तयारी गरेका छौं ।’

नेपालभित्र तीववटा कम्पनीले सिलिन्डर निर्माण गर्छन् । ती कम्पनी एरोटेक, नेपाल सिलिन्डर र गृह लक्ष्मी हुन् । ग्यास कम्पनी ५५ वटा छन् ।

सिलिन्डर उत्पादक कम्पनीले सिलिन्डर मूल्य फरक रहेको बताउँदै आएका छन् ।

ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य पनपरी असुल्दै आएका छन् । (कान्तिपुर दैनिक)



.

No comments