एमाले स्थायी कमिटी बैठकले जेठ ३ गते संविधान दिवस पार्टीगत रुपमा मनाउने निर्णय गरेको छ ।
३० भदौ, काठमाडौं । नेकपा एमालेले बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई जिम्मेवारी तोकेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका डा. डिल्लीराज खनाल र चक्रपाणी तिम्सिना केन्द्रीय सल्लाहकार परिषद सदस्य बनेका छन् ।
त्यस्तै संघीय समाजवादी फोरमबाट एमाले प्रवेश गरेका पूर्वसांसद मझिलाल थारु पनि केन्द्रीय सल्लाहकार बनेका छन् । केन्द्रीय सल्लाहकार परिषदमा अन्यलाई मनोनित गरिएको छ । बिभिन्न पार्टीबाट प्रवेश गरेका मध्ये घनश्याम भट्टराई,घनप्रसाद गौतम पनि सल्लाहकार परिषद सदस्य मनोनित भएका छन् ।
त्यस्तै बमबहादुर बीसी र रुपवहादुर परियार ७ नम्बर प्रदेश कमिटीमा मनोनित भएका छन् । संघीय समाजवादीबाट एमाले प्रवेश गरेका ट्रिपल पी गुरुङ ४ नम्बर प्रदेश कमिटी र बिजय राई १ नम्बर प्रदेश कमिटी सदस्य मनोनित भएका छन् भने माओवादीबाट प्रवेश गरेका ठाकुर गजुरेल ३ नम्बर प्रदेश कमिटी सदस्य मनोनित भएका छन् ।
एमालेले हाल कायम रहेका अन्चल सम्पर्क समन्वय कमिटी बिघटन भएको भन्दै अब प्रदेश सम्पर्क कमिटी गठन गर्ने भएको छ ।
पार्टीको प्रादेशिक ढाँचासँग अनुकूल हुने गरी छविलाल विश्वकर्माको नेतृत्वमा ५२ सदस्यीय सम्पर्क समन्वय कमिटी गठन स्थायी कमिटी बैठकले गरेको छ । कमिटीको सहइञ्चार्ज विजयगुरूङ्ग र सचिव नरेन्द्र श्रेष्ठ रहेका छन् भने सम्पर्क समन्वय कमिटीको हैसियत पार्टीको प्रदेश सङ्गठन कमिटी सरह हुनेछ ।
संविधान दिवसमा वृहत सभा
एमाले स्थायी कमिटी बैठकले जेठ ३ गते संविधान दिवस पार्टीगत रुपमा मनाउने निर्णय गरेको छ । देशैभरि संविधान दिवस मनाउने निर्णय गरिएको सचिव प्रदिप ज्ञवालीले जनाएका छन् ।
राजधानी काठमाडौंमा रत्नकपार्क शान्ति बाटिकाबाट बाजागाजा सहित बृहत र्याली गर्ने र २ बजे बसन्तपुरमा वृहत सभा गर्ने निर्णय स्थायी कमिटीले गरेको छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा अेाली लगायतका नेताले सम्बोधन गर्नेछन् ।
सरकारले संविधान दिवस मनाउन विशेष कार्यक्रम गर्दैछ । यो बाहेक अन्य दलले संविधान दिवसको कार्यक्रम घोषणा गरेका छैनन् । मधेसवादी पार्टीले भने संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेका छन् ।
Post a Comment