Header Ads

खर्चको अभावमा आठ वर्षदेखि सिक्रीमा बाँधिएर बस्न बाध्य २२ बर्षिय अमितलाई उद्धारको लागी परिवारको आग्रह :: More news >

इनरुवा, ३१ भदौ । आफ्नै छोरालाई पशुझै सिक्रीमा बाँधेर राख्नुपर्दाको पिडा सुनसरी औरावनी गाविस– ९ का भगवान साहले आठ वर्षदेखि भोग्दै आउनुभएको छ । तर उहाँसँग यो बाहेक अर्का विकल्प छैन ।

मानसिक सन्तुलन गुमाएका साहका २२ वर्षीय छोरा अमित विगत– ८ वर्षदेखि सिक्रीमा बाँधिएका हुन् । उनको उपचारका लागि साह परिवारसँग पैसा छैन । पैसा र पहुँच हुनेले देश विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँछन् तर आफूलाई न खान छ न बस्न कहाँबाट छोराको उपचार गराउनु गरिबको जिन्दगी यस्तै हँुदोरहेछ अमितकी आमा तितरीको दुखेसो छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक रोगी अमितलाई घरमै बाँधेरराख्नु परिरहेको हो । उपचारका लागि आर्थिक समस्या छ । स्थानीय एक विद्यालयमा कक्षा– ९ मा पढ्दै गर्दा अमितले मानसिक सन्तुलन गुमाएका हुन् । अहिलेसम्म अमितका घरमा कोही पनि सहयोगी र अधिकारकर्मी पुग्न सकेका छैनन् ।

अमितको परिवारले उनलाई उपचार गर्दै नगरेको पनि होइन । भारतसम्म पु¥याएर उपचार गराउँदा पनि आर्थिक समस्याले नै पिरोलेकाले आठ वर्षदेखि आफ्नै छोरालाई फलामे सिक्रीले बाँधेर राख्न बाध्य भएका परिबार अमितको उपचारमा कसैले सहयोग गरे उपचार गराउने आशमा े छ तर अहिलेसम्म उनलाई सहयोग गर्ने हातहरु नजुटेको साहकोे गुनासो परिवारको छ ।

No comments