Header Ads

वर्षाका कारण पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध :: Read More News>>

ताप्तलेजुङ, ३१ भदौ - बुधबार दिउँसोबाट खुलेको मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ पाँचथर सडक खण्ड पहिरोका कारण गएराति देखि पुन: अबरुद्ध भएको छ।

वर्षाका कारण मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ नगरपालीका ८ स्थित मेवाराजा क्षेत्रमा पुन: पहिरो झरेकाले राजमार्ग अबरुद्ध भएको हो।

पहिरोकै कारण गत सोमबार देखि अबरुद्ध सो सडक बुधबार विहान मात्र खुलेको थियो। भदौ १७ गते राति सो क्षेत्रमा झरेको भिषण पहिरोले राजमार्ग अन्तर्गत बहानन्दे ल्याङबा खण्डको दर्जनौ स्थानको सडकनै बगाएकोले नयाँ ट्याकबाट सडक सञ्चालन भईरहेको थियो।

गए रातिको पहिरोले पुन सोहि क्षेत्रमा बनाएको नयाँ ट्याक समेत बगाएकाले सडक खुलाउन मध्यान्नसम्ममा लाग्न सक्ने सडक डिभिजन कार्यालय इलामका सुपरभाईजर नविन उप्रेतिले बताए।
राजमार्ग अबरुद्ध हुँदा ताप्लेजुङ देखि पाँचथर हुँदै ईलाम र झापाको बिर्तामोड,काठमाडौ जाने दर्जनौ यातायातका साधन बीच बाटोमा रोकिएको ताप्लेजुङ बस काउण्टरका इन्चार्ज जंग सुनुवारले बताए।

No comments