Header Ads

जहाँ बिवाह भएको तीन दिनसम्म दुलाहा दुलहीलाई शौचालय जान दिइन्न :: Read More News>>



काठमाडौँ, ३१ भदौ - इन्डोनेशियाको एउटा जातीमा अनौठो खालको परम्परा रहेको छ।

उनीहरु बिवाह गरेका दुलाहा दुलहीलाई बिवाह पश्चात तीन दिनसम्म शौचालय जान दिँदैनन। इन्डोनेशियाको टिडान्ग जातीमा अहिलेसम्म पनि यो संस्कार व्याप्त रहेको छ। यदि विवाह गरेको दुलाहा दुलही तीन दिनभित्रै शौचालय गएमा उनीहरुको सम्वन्ध लामो समय टिक्दैन भन्ने मान्यताले जरो गाडेको छ।

साथै यदि दुलाहा दुलहीले शौचालय प्रयोग गरेमा उनीहरुमा अरुको आँखा लाग्ने र उनीहरुको सम्वन्ध समेत लामो समय नटिक्ने जनविश्वास रहिआएको छ। त्यसैले उनीहरुले दुलाहा दुलहीलाई यस अवधिमा खानेकुरा समेत कम खुवाएर राख्ने गर्दछन्। नयाँ पत्रिका दैनिकबाट

No comments