Header Ads

दशै-तिहारलाई ध्यानमा राखी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटायो:::Read more news>>>



काठमाडौँ, ३१ भदौ । नजिकिएको चाडपर्वलाई ध्यानमा राखी नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य घटाएको छ ।

दसैँतिहार लगायत पर्वमा खासगरी पहाडी भेगमा सस्तो यात्रा होस् भन्ने उद्देश्यले हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द खनालले जानकारी दिनुभयो ।



उहाँका अनुसार हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियमा प्रतिहजार लि. ५० अमेरिकी डलर मूल्य घटाइएको छ ।

निगमले करिब दुई साताअघि खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५० घटाएको थियो । पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने निगमले जनाएको छ ।

No comments