Header Ads

५ बजेसम्म स्वास्थ्य संस्था नखोले कार्वाही :: Read More >>



विराटनगरःस्वास्थय मन्त्रालयका सचिव डाक्टर सेनेन्द्रराज उप्रेतीले सरकारी स्वास्थ्य संस्थाहरु सरकारले तोकेको समयसम्म खुला नरहे कार्वाही गर्ने चेतावनी दिएका छन् ।


अनिवार्य रुपमा स्वास्थ्य संस्था बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोल्न उनले निर्देशन दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै अनिवार्य रुपमा स्वास्थ्य संस्थाहरु १० देखि ५ बजेसम्म संचालन गर्न निर्देशन दिएको थियो । तर, ग्रामीण तथा सहरी क्षेत्रमै पनि यस्तो निर्देशनको पालना हुन सकेको छैन् ।सचिव उप्रेतीले जनअपेक्षाअनुसारको सेवा प्रवाह गर्न आग्रह पनि गरेका छन् ।


विराटनगरमा शुक्रबार सुरु भएको ३ दिने पूर्वाअञ्चलस्तरीय समीक्षा गोष्ठीको उद्घाटन गर्दे उनले भने,‘स्वास्थ्य क्षेत्रमा काम नगरी समय काट्ने परिपाटी बसेको छ यो कम हुनुपर्छ । कामको लेखाजोखा गरेर सोही अनुसार ग्रेडीङ गर्न मन्त्रालय लागेको छ ।’


पूर्वाअञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै निर्देशक डाक्टर महेशप्रसाद खनालले स्वास्थ्य क्षेत्रमा रिक्तदरबन्दी रहेको,तराइका जिल्लाहरुमा मलेरिया, कालाजारका रोगीहरु देखिएको जानकारी दिए ।


कार्यक्रममा निजी अस्पतालका डाक्टरहरुले सरकारी अस्पताललाई मात्र नभई आफूहरुलाई पनि विशेषज्ञ तालिम दिलाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले विराटनगरका कतिपय अस्पतालमा पार्किङको सुविधा नभएको, औषधि व्यवस्था विभागमा कर्मचारीको अभाव रहेको बताए ।


कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक पुष्पा चौधरीले स्वास्थ्य क्षेत्र संवेदनशील रहेकाले जनअपेक्षाको सेवा प्रदान गर्न आग्रह गरिन् ।

No comments