Header Ads

भारतले काठमाडौंसम्म रेल पुर्याउने :: Read News >>>



काठमाडौं, २ असोज- भारतीय रेलमन्त्री सुरेश प्रभुले भारतले काठमाडौंसम्म रेल पुर्याउने बताएका छन् ।
नयाँ दिल्लीमा रहेका नेपाली पत्रकारसँग कुरा गर्दै मन्त्री प्रभुले नेपालको रेल विकासको लागि सहयोग गर्न भारत तयार रहेको समेत बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री प्रचण्डवीच द्धिपक्षीय आर्थिक साझेदारीको विषयमा गम्भिर छलफल भएको उल्लेख गर्दै मन्त्री प्रभुले थपे,‘हाम्रो प्रधानमन्त्रीजीको स्पष्ट धारणा छ कि अब नेपाल र भारतवीच कनेक्टिभिटिलाई बढावा दिनुपर्छ, भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्छ, भारत नेपालको विकासको लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।’

काठमाडौंदेखि लुम्बिनीसम्म रेल सेवा सञ्चालनबारे समेत दुवै पक्षवीच कुराकानी भएको उनको भनाई थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै द्धिपक्षीय सम्बन्ध नयाँ मोडमा पुगेको उनको विश्वास छ । उनले अघि थपे,‘प्रधानमन्त्री प्रचण्डको यो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइृमा पुगेको छ, भारत नेपालको स्थायित्व, शान्ति र विकासको लागि सदैव सहयोग गर्न तयार छ ।’


नेपालको संविधानलाई भारतले अझैपनि स्वागत गरेन नि भन्ने धमलाको जिज्ञासमा उनले भने,‘सबैको भावनालाई समेटेर अघि बढोस भन्ने हाम्रो चाहना हो, संशोधन लगायत अन्य विषय नेपालको आन्तरिक मामिला हो, हाम्रो भन्नु केहीपनि छैन् ।’ संविधान कार्यान्वयन गर्दै नेपाल समृद्धिको दिशमा अघि बढेको हेर्न भारत आतुर रहेको मन्त्री प्रभुको भनाई थियो ।


यसैै भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठीले भारतले नेपालको संविधानको स्वागत गरिसकेको बताएका छन् ।

त्रिपाठीले नेपालको संविधानलाई भारतले स्वागत गरिसकेको बताएका हुन् । उनले भने,‘भारतले संविधानको स्वागत गरिसकेको छ, द्धिपक्षीय सबै असमझदारीहरु हटिसकेका छन्, अब सम्बन्ध सुमधुर भएर अघि बढ्छ, यसमा कुनै शंका छैन् ।’

संविधान संशोधन लगायतका विषयहरु नेपालको आन्तरिक मामिला भएको उनको टिप्पणी थियो ।
उनले द्धिपक्षीय सम्बन्ध अब आर्थिक साझेदारीका साथ अघि बढ्नुपर्ने बताए । नेपाल–भारत सम्बन्ध ऐतिहासिक, प्रगाढ र अतुलनीय रहेको उल्लेख गर्दै त्रिपाठीले भने,‘दुई पक्षीय हितका विषयमा केन्द्रित रहेर अघि बढ्नुर्छ, प्रचण्डजीको भारत भ्रमणले सम्बन्धको नयाँ आयाम खोलेको छ, ढोका खोलेको छ ।’

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिव राम माधवले भारती प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानको समर्थन गरिसकेको स्पष्ट पारेका छन् ।
महासचिव माधवले भने,‘प्रधानमन्त्री मोदीको सम्बोधनसँगै भारतले नेपालको संविधानको समर्थन गरिसकेको छ, हामीवीचको द्धिपक्षीय सम्बन्धले गति लिएको छ, अब नेपाल–भारत सम्बन्धमा कुनै समस्या छंैन् ।’

नेपालमा शान्ति, स्थायित्व र विकासको पक्षमा भारत रहेको उनको भनाई थियो । उनले दुवै प्रधानमन्त्रीवीच बढो सौहार्दपूर्ण वातावरणमा द्धिपक्षीय हितका बारेमा कुराकानी भएको समेत बताए ।

No comments