Header Ads

ओली र प्रचण्डको भ्रमण तुलना गर्दा… नयाँदिल्लीमा सीताका कारण नेपालको ‘बेइज्जत’ ! मधु शर्मा लेख्छिन्बु हारी लखेट्नेलार्इ के थाहा संस्कार के हो भन्ने कुरा । - See more at:



काठमाडौं, ३१ भदौ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विहानै नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरे । भारतीय राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ अनर’ अर्थात राजकीय सम्मान प्रदान गर्ने कार्यक्रममा भएको भेटमा प्रधानमन्त्री पत्नी सीता पनी सँगै थिइन् । जब प्रचण्डले मोदीसंग हात मिलाउँदै थिए तब सीताको व्यवहार मर्यादा भन्दा बाहिरको अस्वभाविक थियो l

भ्रमणमा नेपालबाट गएका एक कुटनीतिज्ञका अनुसार प्रधानमन्त्रीकी पत्नीसीता दोस्रोपटक प्रथम महिला बनेर भारत भ्रमणमा गएकी थिइन् । तर, उनको मर्यादाबाहिरको व्यवहार देखेर सबै आश्चर्यमा परे । ‘पहिलोपटक गएको भए त कुटनीतिक मर्यादाबारे थाहा थिएन् भन्न हुन्थ्यो,’ ती कुटनीतिज्ञले भने– ‘उहाँको यो दोस्रोपटकको भ्रमण हो । कस्तो व्यवहार गर्ने भन्ने थाहा नै थियो । तर, उहाँको अस्वभाविक व्यवहारले नेपालको बेइज्जतै भयो ।’ भेटका क्रममा खिचिएका फोटोहरु हेर्दा पनी सीताको अस्वभाविक व्यवहार प्रष्ट देखिन्छ । फोटोमा उनी पतिको छेउमा उभिनुपर्ने भएपनि भारतीय प्रम मोदीको छेउमा उभिएकी देखिएकी छन् । भारतीय प्रधानमन्त्रीसंग प्रधानमन्त्री प्रचण्डले हात मिलाईरहँदा सीता निन्यारो अनुहार लगाएर टाढा हेरिरहेको जस्तो पनी प्रष्ट देखिन्छ ।

ओली र प्रचण्डको भ्रमण तुलना गर्दा…

आजभन्दा ठिक १० महिना अगाडि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएका थिए । र अहिले प्रचण्ड गएका छन् । ओली र प्रचण्डको भ्रमणको तुलना गर्ने हो धेरै फरक छ । पत्नीलाई कुटनीतिक मर्यादा र संस्कार नसिकाउनु प्रचण्डको पहिलो गल्ती भयो । दोस्रो ओली चढेको कारमा नेपाली झण्डा फहराइएको छ तर, प्रचण्डको कारमा नेपाली झण्डा नै छैन् । साथै अन्य धेरै कमी कमजोरी प्रचण्डको भ्रमणमा देखिएको कुटनीतिज्ञहरुको गुनासो छ ।

प्रचण्डलाई छाडेर मोदी छेउ उभिदा…

प्रचण्डले मोदीसँग हात मिलाउँदा सीता मोदीको छेउमा उभिएको फोटो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ । समाजिक सञ्जाल प्रयोगकर्ताले नेपालकी प्रथम महिलासँग कुटनीतिक मर्यादा र संस्कार नसिकाएको भन्दै आक्रोश पोखेका छन् ।

अनमोल अविनाश लेख्छन्– ‘राष्ट्रिय पहिचान गुमाएर पहिचानको कुरा गर्दै हिँड्ने प्रचण्डले अब छिटै त्यो भाद गाउँले टोपी पनि बहिष्कार गरुन् । अनि जय होस् कमरेड सिताको !!!! ८ हजार नदिँदा छाताको डाँटले ढुट्याउने प्रचण्डले फेरि सितालाई ढुट्याउने भए कुटनितिक मर्यादा बाहिर गएको भनेर !!! कठै !!! बाँकी आफै भन्नुस् !’ विकास ठाकुर लेख्छन्– ‘प्रधानमन्त्रीकै श्रीमती भएपनि संस्कार कसले सिकाउने । जङ्गलबाट जनयुद्धको नाममा १७००० निर्दोष नेपालीलाई मारेर सिधै राजनीतिमा उदाएकाले कम से कम सक्रिय राजनीतीमा आएपछि ब्यक्तित्व विकासको लागि तालिम दिनु पर्दथ्यो । देशको ईज्जतलाई सीता दहालले राम्ररी खिल्ली उडाए ।’ मधु शर्मा लेख्छिन्– ‘सान्चिकै भन्नुपर्दा सीता जीलार्इ संस्कार थाहा नभएकै हो, सामान्य मान्छेहरु पनि कहि कतै जान्दा आफ्नो श्रीमानसँगै उभिने गर्छन । फेरि यति ठुलो पदमा बस्नेलाई थाहा हुनु जरुरी थियो, या त पक्कै गवार हुनुपर्छ या त लापरवाही हुनुपर्छ! बुहारी लखेट्नेलार्इ के थाहा संस्कार के हो भन्ने कुरा ।

उमेश भट्टराई लेख्छन्– ‘तस्बिर आफै बोल्छ !! अरुण तल्लोसँगै सीतालाई पनि उतै हस्तान्तरण गर्न लाग्या हुन कि क्याहो ? मोदीको साइडमा पो छिन् त सीता ? हैन के हुँदैछ कुर्सिको खेलमा ?’ विनोद खड्का लेख्छन्– ‘माओवादीका कमरेडहरु विरोध मात्रै गर्यो भन्छन होला । तर देशको प्रधानमन्त्रीको यो अवस्था देख्दा आज सारा नेपालीलाई लाज लाग्दैछ । कुटनीतिमा आफ्नो श्रीमती पनि साटिदो रहेछ । धन्न मोदीकी श्रीमती नभएर होला हाम्रा प्रधानमन्त्रीले पाएनछन । दुई देशका प्रधानमन्त्री भेट गरिरहदा हाम्री प्रथम महिला सीता दाहाल मोदिको पछाडी हात बाधेर बसेकी छिन । सरकार, तिम्रो इज्जत छैन भन्दैमा नेपाली कै बेइज्जत गर्ने अधिकार छैन ।।’ डिल्ली ढुंगाना लेख्छन्- ‘यो सीता दाहालको गम्भीर भुल हो, सारा दुनियाँ नेपालको बदनाम भो ।’ सुदीप श्रेष्ठ लेख्छन्– ‘राष्ट्र प्रमुखसंग सिंगो जनताको स्वाभिमान, राष्ट्रिय गौरवसंगै तीन करोड जनताको इज्जत जोडिएको हुन्छ । कुटनीतिक मर्यादाको ख्याल नगरी मनलागि जथाभावी बस्दा, हिँड्दा, खाँदा र बोल्दा पक्कै पनि आज हामी तीन करोड नेपाली जनता जो आफ्नो शानले बाँचेका थियौँ, जसको स्वाभिमानको शिर ओलीले उँचो पार्देका थिए आज हामी प्रचण्डको कारण विश्वसामु लज्जीत भएका छौँ । जङ्गलबाट क्रान्ति गरेर आएकाहरू यो विरोध र तुलना नसम्झ, आचरण र शिष्टता भनेको के हुँदो रैछ त्यो पूर्व प्रधानमन्त्री ओलीको भ्रमण ताकाका गतिविधि हेरेर आफू सिक्दै आफ्ना सुप्रिम ज्यूलाई पनि सिकाउ । बाँकी तस्विर आफै क्लिएर छ ।’

No comments