Header Ads

खतरनाक सेक्स व्यापार: बालिकालाई अपहरण गरेर तीनपटक बेचियो

काठमाडौं। सात महिनाअघि अपहरण गरिएकी बालिकालाई प्रहरीले फेला पारेसँगै खतरनाक सेक्स र्याकेटको खुलासा भएको छ। यो यस्तो खतरनाक सेक्स र्याकेट थियो जसको संचालन महिलाहरुले नै गर्थे। अपहरित ती बालिकालाई सात महिनाको अवधिमा तीनपटक बेचिएको खुलासा भएको छ। ती बालिकालाई अपहरणपछि पटक पटक बेचेर देहव्यापारको धन्दामा लगाइएको बताइएको छ।


दिल्ली प्रहरीले घटनामा संलग्न तीन महिलासहित ६ जनालाई पक्राउ गरेको छ। घटना पूर्वी दिल्लीको अशोकनगर इलाकाको हो। जहाँ १४ वर्षीया किशोरी आफ्नो परिवारसँग बस्थिन्। ती किशोरीको छिमेकमा ज्योति नामकी महिला रहन्थिन्। सात महिना पहिला ज्योति ती किशोरीको स्कुल पुगिन् र किशोरीको विदा भएपछि ज्योतिले ती किशोरीलाई अटोमा आफूसँगै घर जान भनिन्।
किशोरीलाई छिमेकी महिलामाथि अलिकति पनि शंका भएन। उनी ती महिलासँग अटोमा बसिन्। त्यही दौरानमा ती बालिकालाई अपहरण गरियो। ती महिलाले किशोरीलाई सुरुमा नोयडामा बेचिन्। त्सपछि फेरि कानपुरमा बेचियो। त्यसपछि फेरि उनलाई हरियाणामा डेढ लाख रुपैयाँमा बेचियो। किशोरीलाई किन्ने तीनजना पनि महिला नै थिए। यी महिलाहरुले किशोरीलाई हरियाणाको हिसार आसपासमा देह व्यापार गराउँथे। किशोरीहरुले यसको विरोध गरेमा शारीरिक यातना दिइन्थो। अहिले ती किशोरीलाई मुक्त गराएर आरोपीहरुलाई गिरफ्तार गरिएको छ। उनीहरुसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ।

No comments