Header Ads

अपडेट : जाजरकोट बस दुर्घटनामा ७ जनाको मृत्यु, १५ घाइतेको उद्धार, अन्यको खोजी जारी



फाल्गुन २६, २०७३- जाजरकोटमा बिहीबार दिउँसो भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । घाइते १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ ।

करिब ५० जना सवार बस दुर्घटनामा झन्डै एक दर्जन यात्रुको मृत्यु भएको प्रहरीले आश‌ंका गरेको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले अहिले उद्धार गरिरहेका छन् । बस भीरबाट खसेकोले यात्रुहरु यत्रतत्र छरिएका छन् ।

छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरीमालिका नगरपालिका वडा नम्बर ४ को बोहरा गाउँमा लु ३ ख २२७९ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट झन्डै दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।


प्रकाशित: फाल्गुन २६, २०७३

No comments