Header Ads

फेसबुकबाट युवकहरुलाई रुपजालमा फसाएर विवाहको नाटक गर्दै पैसा कुम्ल्याउने सुन्दरी जेल चलान



काठमाडौं । सक्कली नाम विधा सरकार तर कहिले ईन्दिरा, कहिले रुचि अनि कहिले दिलासा जस्ता विभिन्न छद्म नाम भएको महिलाको नाम हो विधा सरकार अर्थात रुचि, दिलासा, फेमिना चापागाई । चापागाई थर बिवाह पछी राखेकी यी महिलाको ठगि धन्धाको बारेमा सायद धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ । नेपालको सुदुर पुर्व ईटहरी माईत भएकी बंगालीमुलकी यि महिलाले विवाह समेत पटक/पटक गरि सकिन । यिनको बिवाह धन्धा भनेको सोझासिधा नेपालीहरुलाई आफ्नो रुपजालमा फसाएर सोझा सिधा नेपालीहरु लुट्नु मात्र रहेछ भन्ने कुरा आज आएर प्रमाणित भएको छ र यहि पापको घडा भरिएर यी ठग महिला अहिले प्रहरीको चिसो कोठरीमा पुग्न समेत बाध्य भएकी छिन । सामाजिक संजाल फेसबुक कसैको लागी बरदान साबित भएको छ भने कसैको लागी अभिसाप ।

फेसबुक मार्फत सोझा सिधा युवकहरुलाई आफ्नो रुपजालमा फसाएर विवाहको नाटक रच्दै रकम कुम्ल्याउन माहिर रैछन भन्ने कुरा आज प्रहरीको फन्दामा परे पछी मात्र धेरैले चाल पाए । केहि समय मलेसियाको बसाई पछी यी ठग महिलाले म अहिले जर्मनीमा छु । म संग रातो पासपोर्ट छ ! युरोप पठाई दिन्छु भन्दै सोझा सिधा नेपालीहरुलाई आफ्नो मोहिनी रुपजालमा फसाउन सफल भईन । त्यसरी फस्नेमा पुर्व तिर घर भएका थपलिया थरिका ब्यक्ति परे ।
विवाहको नाटक देखाएर यी ठग महिलाले आफ्ना पति जेठाजु देखि देउरानी समेतलाई आफ्नो वाकपटुताले लठ्याएर करोडौ करोड रकम ठग्न सफल भएकी रैछिन । ती आईमाई एक्लैले यस्तो काम गर्न पक्कै पनि सक्दैन । आफ्नो मोहनिजालमा युवाहरुलाई फसाउदै लाखौ रकम लिएर टाप कस्नमा मद्धत गर्ने माईतिकै सदस्यहरु आमा ईन्दिरा तथा सानीआमा यमुना रैछ भन्ने कुरा पनि पछी खुल्न आएको देखियो ।

कुनै पनि व्यक्तिको घरमा अपरिचित पुरुष आएर घरकी बुहारीलाई तर्साउछन भने घरको मुलिले पक्कै पनि सहन सक्दैन । फेसबुक चिनाजानी मार्फत पाचौ पटक बिवाह गरेर आएकी यी धुर्त आईमाईले धेरै युवाहरुको भबिस्य बर्बाद बनाई दिएको रैछ भन्ने कुरा पति देखि घर मुलिले पत्तो पाउने कुरा पनि भएन । युरोप पठाई दिन्छु भनेर रकम लिईन तर नपठाए पछी पिडित मध्येका एकलाई रकम फिर्ता त गरिन सिद्धार्थ बैंक ईटहरीको नाउँमा काटिएको त्यो चेक सक्कली नभएर नक्कली रहेछ भन्ने कुरा समेत प्रमाणित भएको देखियो । जुन दिन बाट हालको बिवाह गरेको लोग्नेको घरमा बिहा गरेर प्रबेस गरिन त्यस पछी घरमा अपरिचित मानिसहरु आएर यो आइमाइले हामीलाई युरोप पठाई दिन्छु भनि लाखौ ठगेको छ भन्दै पैसा माग्नेको तातीं देख्दा घर मुली देखि पति सम्म छक्क पर्नु स्वभाविकै थियो । हुँदाहुँदा एक दिन प्रहरिनै आएर पक्राउ गरि लगेपछी पाँचौ पटकका पति देखि पतिका घरका सम्पूर्ण सदस्यहरु समाजमा बेईज्जति हुने भयेले चिन्तामा पर्नु स्वभाविकै थियो ।

राजनेताहरुलाई आफ्नो मोहनी सुन्दरता देखि चिप्लो कुराले प्रभाव पार्न खप्पिस यी महिला समय समयमा सामाजिक कार्यमा संलग्न भएको देखाउन समेत खप्पिस थिइन । समाज सेवा भन्दै वालवालिकालाई सहयोग गरेको तस्बिर सामाजिक संजाल फेसबुकमा राख्ने यी महिला ठुला पार्टीका नेताहरुको नजिक पुग्न समेत सफल भएकी थिइन ।केहि तस्बिरले त्यस्तै देखायो । पार्टीका नेताहरु संग तस्बिर खिचाएर आफ्नी ठगि धन्दा चलाउन फेमिना चापागाई माहिर रैछीन । अनुहार तथा सौन्दर्यको भरपुर फाईदा उठाएर थुप्रैलाई आफ्नो बसमा पारेर युरोप पठाई दिन्छु भनि करोडौ करोड ठग्न सफल फेमिना चापागाई हाल प्रहरी हिरासतमा छिन । पापको घडा भरिन्छ भनेको यहि नै हो क्यार ।

हाम्रो गाउँ समाजमा बस्ने नागरिकहरु आफ्नो छोरी चेली बुहारीले गल्ति गर्यो भने समाजमा बेईज्जत हुन्छ भन्ने भयले साँचो कुरा बाहिर ल्याउन चाहादैनन । प्रहरी आएर पक्राउ गरि नलगेको भए विधा सरकार अर्थात फेमिना चापागाईले अन्य धेरैलाई आफ्नो मोहनीजालमा फसाएर घरको न घाटको बनाउने पक्का थियो । पिडितहरुले उजुरी गरेको भएर पक्राउ परि अहिले जेलको चिसो हावा खादैछिन तर पनि जेलबाट छुटेर आएपछि हालको पतिलाई तलाई ठिक पार्छु , मेरो शक्ति देखाई दिन्छु भनेर धम्क्याउन छाडेकी छैन । हामीले महिला हिंसाको बारेमा त सुनेका थियौ तर महिलाबाट पुरुषहरु लुटिने र ठगिने गरिन्छ भने यस्तो कार्यलाई पुरुष हिंसा भनेर भन्न मिल्छ कि मिल्दैन ?

यस्तो प्रश्न उठ्न पनि सक्छ होला । हिजो आफ्नो सुन्दरताको कारणले माता सीतालाई राबणले हरण गरेको त सुनेका थियौ । आज आफ्नो सुन्दरताले पुरुष हरण गरेर लाखौ लाख लुटेको पनि देख्न पाईन्छ भने कम्युनिस्ट नेताहरुले भन्ने गरेको महान क्रान्तिकारी तथा अग्रगामी छलांग भनेको यहि त हैन भनेर सोच्न कर लाग्छ कि लाग्दैन ?
कुनै पनि महिलाको सुन्दरतामा मक्ख परेर सामाजिक संजालमा कुरा गरेको भरमा आनीबानी नबुझिकन बिवाह गर्नु भयो भने त्यसले बिपत्ति निम्त्याउन बेर लाउदैन । नेपालमा हत्यारा देखि ज्यानमारा समेत धनदेखि शक्तिको आडमा सजिलै संग हिरासत मुक्त हुने गरेका देखेका छौ । पिडितहरुले न्याय पाउलान नपाउलान त्यो न्यायमुर्तिको हातमा छ तर भोलि जेलबाट छुटे पछी पुन आफ्नो रुप रंग र यौवनको लोभ देखाएर यी महिलाको जालमा कोहि पनि नपरुन ।



.

No comments