Header Ads

यौन दुव्र्यवहार गरेकाे भन्दै परेकाे सन्तोष पन्तविरुद्धको जाहेरी प्रहरीले लिएन



काठमाडौं ३ असोज – ड्युटीमा रहेकी महिला सुरक्षा गार्डमाथि सञ्चालकबाटै यौन दुव्र्यवहार भएको घटनाको उजुरी लिन इलाका प्रहरी कार्यालय धरानले अस्वीकार गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको महिला छात्रावसामा ड्युटीमा बसेका महिला सुरक्षा गार्ड सविता सुवालले आफू ड्युटीमा बसेको अवस्थामा यौन दुव्र्यवहारमा परेको उजुरी लिएर आइतबार इलाका प्रहरी कार्यालयमा पुगेकी थिइन् ।

महिला अधिकारकर्मीको साथमा सुयालले केटीएस सेक्युरिटी प्रालिका अध्यक्ष रामेश्वर साह र कलाकार सन्तोष पन्तविरुद्ध जबरजस्ती करणी गर्ने उद्योगसम्बन्धी जाहेरी लिएर इलाका प्रहरी कार्यालय गएकी थिइन् ।

उनले साह र कालाकार पन्तले ड्युटीमा बसिरहेको अवस्थामा आफूमाथि शनिबार बिहान साढे २ बजे आफ्ना संवेदनशील अंगमा हात लगाएको आरोप लगाएकी छन् ।

मादक पदार्थ सेवन गरेका साह र केटीएमकै ब्रान्ड एम्कबेस्डर पन्तले सुरक्षा चेक गर्ने बाहनामा महिला छात्रावासमा प्रवेश गरी आफूमाथि यौन दुव्र्यवहार गरेको महिला सुरक्षा गार्डको आरोप छ ।

अन्नपूर्ण पोष्ट दैनिकबाट


No comments