Header Ads

धरौटी नतिर्दा ६ वर्षीय बालक जेलमा



काठमाडौं, ३ असोज । मानव बेचविखब तथा ओसारपसार मुद्दामा कारागार चलान भएकी एक महिला २० हजार धरौटी तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन् ।

नवलपरासी कावासाती घर र लमजुङको बिचौर माइती बताउने ३५ वर्षीया सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य बनेका हुन् । लमजुङ जिल्ला अदालतले २०७१ भदौ ८ गते उनीमाथि लागेको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रमक जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments