Header Ads

सबैको भावना समेट्दै संविधान कार्यान्वयन गर्न नेपाल सफल हुने मोदीको विश्वास



३१ भदौ, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै पक्षको भावनालाई समेट्दै नयाँ संविधान कार्यान्वयन गर्न नेपाल सफल हुने विश्वास व्यक्त गरेका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच शुक्रबार हैदराबाद हाउसमा भेटवार्ता भएको थियो ।

भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानबारे एक बाक्यमा आफ्नो धारणा राखे ।

प्रचण्डलाई शान्तिका लागि उत्प्रेरक भन्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ, तपाईको नेतृत्वमा नेपाल सबै पक्षको भावनालाई समेट्दै संविधान कार्यान्वयन गर्न सफल हुनेछ ।’

उनले नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने भारतले चाहेको भन्दै उनले नेपालको विकासमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए । उनले अहिले प्रक्रियामा रहेका आयोजनाहरुलाई छिट्टो सम्पन्न गर्न समेत आफू र प्रचण्ड सहमत भएको बताए ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले संविधान घोषणा ऐतिहासिक उपलब्धि भएको बताए । उनले भने, तपाईलाई थाहै होला, सबैलाई सहमतिमा ल्याउन मेरो सरकारले गम्भिर प्रयास गरिरहेको छ । र, नेपालका सबै पक्षको चाहना अनुसार हामी संविधान कार्यान्वयनको चरणमा छौं ।’

२०७३ भदौ ३१ गते १३:४३ मा प्रकाशित

No comments