Header Ads

कोशी नदीमा डुंगा पल्टियाे, २५ जनाकाे यद्धार [ अपडेट



काठमाडौं ३१ भदौ – कोशी नदीमा डुंगा पल्टिएको छ । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर ५ राजावासा जाँदै गरेको डुंगा शनिबार मध्याहृन राजावासा- ५ सप्तकोशी नदीमा पल्टिएको छ । डुंगामा सवार २५ जनाको उद्दार गरिएको छ । प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीका साथै स्थानीयबासी उद्धारमा जुटेका छन् । शनिबारको दिन प्रकाशपुरमा हाट बजार लाग्ने भएकोले उक्त डुंगामा क्षमता भन्दाबढी यात्रु चढेका स्थानीयले बताएका छन् ।

श्रीलंका टापुबाट हाट भर्न आएका यात्रुहरु चढेको डुंगा राजावासा आइपुगेपछि ढ्याउ (भंगालो) मा पसेको थियो । यात्रुको संख्या धेरै भएकोले ढ्याउमा पसेपछि डुंगा असन्तुलन भई पल्टिएको हुनसक्ने अनसमान गरिएकाे छ । डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन भइ सकेको छैन । बेपत्ताहरुको खोजी कार्य जारी रहेको नेपाल प्रहरीका एसपी पोषराज पोखरेलले बताए ।


No comments