Header Ads

"संघीयताको बिरोध नगर्न ५० करोडको लोभ र संघीयताको पक्षमा नबाेले १४ दिन भित्र चित्रबहादुर केसीलाई सिध्याईदिने धम्कि ! "



सउल, रास्टिय जनमाेर्चा नेपालकाे भातृसंगठन दक्षिण काेरिया नेपाली समाजकाे पहिलाे अधिवेशन उद्घाटन गर्न काेरिया अाएका रास्टिय जनमाेर्चा नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसिले अाफुलाई एमाले नेताहरुले संघियता बिरुद्द नबाेले ५0 कराेड दिने लाेभ देखाएकाे बताएका छन ।

कुनै पनि हिसाबले संघियता नेपालमा अाबश्यक नभएकाे भन्दै संघियताकाे बिराेध गर्द‌ै अध्यक्ष केसिले भने संघियताले जातिय र क्षेत्रिय द्वन्द्व बढाएकाे छ ,अाफुलाइ संघियताकाे पक्षमा नबाेले १४ दिन भित्र सिध्याईदिने धम्कि दिएकाे र संघियताकाे पक्षमा बाेल्न एमालेले ५0 कराेडकाे अाश्वासन दिएकाे सनसनि पुर्ण खुलासा गरे । नयाँ जाेस र जागरमा रहेका हजाराै हजार युवालाइ अर्काकाे देशमा देख्दा दुखि भएकाे बताए। देश बनाउने युवा यसरी पलायन हुदा कसरि देश बन्छ ? अध्यक्ष केसीले प्रश्न गरे .
तराईका २0 वटा जिल्ला अलग गर्ने , पहाड ,हिमाल र तराई , सबै ठाउकाे एकरुप नेपाललाई संघियताका नाममा टुक्राएर समस्या निम्त्याईएकाे पनि उनकाे अाराेप थियाे ।

अकबरकाे सेता घाेडाकाे कथन संग जाेड्दै जसरि पनि भारतले नेपालमा सधै दबाबमा राखेकाे बताए । स्वतन्त्रता भन्नू केवल भनाईमा सिमित रहेकाे केसिकाे भनाई थियाे ।

सज्जन कुमार सिंह

No comments