Header Ads

धेरै रोगको औषधी निम पत्ता, एक पटक पढ्नुहोस् !



स्वास्थ्य, काठमाडौँ । निमपत्ता परम्परागत तथा आयुर्वेदीक औषधीका रुपमा प्रयोग गरिदै आएको त तपाई हरु लाई थाह नै होला । तर यस्तो प्रकारको औषधीले कुनकुन रोगको निवारण गर्छ भन्ने कुरा शायदै जो कोहीलाई थाह नहुन सक्छ । बजारमा पाईने केमिकल युक्त औषधीहरुको तुलनामा निमको पत्ताबाट बनाईने औषधी निकै गुणकारी हुनुका साथै लाभदायक मानिन्छ ।
कस्ता कस्ता फाईदा हुन्छन् त ?


निमको पत्ताका थुप्रै बिशेषताहरु छन्, जसको प्रयोगले सानादेखी ठुला रोगहरु पनि निवारण गर्ने काम गर्दछ । प्राणघातक रोग एच आई भि को रोग संग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा यसले बृद्धी गर्नुका साथै अन्य थुप्रै रोगको लागि यो रामबाँण नै हुन जान्छ । एचआइभि रोगका बिरामीहरुले निमपत्ता प्रयोग गरेमा यस्ले स्फुर्ती प्रदान गर्दछ ।
नीमको पत्तामा एन्टीभाइरल गुण रहेको हुन्छ । जसको कारणले गर्दा बिभिन्न घातक रोगहरुसंग लड्ने क्षमता बृद्धी गर्नुका साथै नयाँ रोगको संक्रमण हुने संभावनालाई टार्दछ । यसले मानसिक रोगहरुका लागि पनि प्रभावकारी तरिकाले काम गर्दछ ।
दाँतबाट रगत आउने, दाँत गन्हाउने तथा दाँत सम्बन्धी अन्य रोगको संक्रमण हुनबाट निमको पत्ताले बचाउने काम गर्दछ । निमको पत्तालाई दाँतको रोगको औषधीका रुपमा अफ्रिकी मुलुकहरुमा पनि प्रयोग गरिदै आएको पाईन्छ
निमपत्ता छालाका हरेक प्रकारका रोगहरुलाई निराकरण गर्दछ । जसले अनुहार तथा शरीरको अन्य छालामा आउने पिम्पल, चाँया, डन्डीफोर लगायका थुप्रै रोगको लागि बैद्धबुटी साबित भएको छ ।

No comments