Header Ads

प्रचण्डको अमेरिका भ्रमण अन्तिम समयमा आएर स्थगित, मधेसी मोर्चाले जान दिएन -



काठमाडौँ २ असोज – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोली न्यूयोर्क जाने कार्यक्रम स्थगित भएको छ । राष्ट्रसंघको संघीय महासभामा भाग लिन भोलि राति न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम अन्तिम समयमा आएर आइतबार राति अबेर भ्रमण स्थगित भएको हो ।

आन्तरिक राजनीतिक बिषयमा व्यस्त हुनुपरेको कारण प्रधानमन्त्रीले न्यूयोर्क जाने कार्यक्रम स्थगित गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । आन्दोलनरत मधेसी तथा थारु समुदाय र आम जनताले पनि विदेश नजान भनेको तथा देशको राजनीतिक परिस्थितिले गर्दा यो निर्णय लिइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । यसअघि मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण रोक्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको अनुपस्थितिमा परराष्ट्र मन्त्री प्रकाशशरण महतले महासभामा नेपाली टोलीको नेतृत्व गर्ने भएका छन् । परराष्ट्र मन्त्री महत हिजै दिल्लीबाट न्यूयोर्क गइसकेका छन् ।

No comments