Header Ads

भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री दाहाल अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रममा, भोलिदेखि औपचारिक भेटवार्ता शुरु हुने -

काठमाडौं, ३० भदौ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार दिउँसो अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी भएको छ l
प्रधानमन्त्री दाहालले ट्वीट मार्फत आफू अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी भएको जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल भारतको राजकीय भ्रमणमा बिहीबार बिहान दिल्ली गएको हो । उनलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन्। प्रधानमन्त्री दाहाल नेपाल वायु सेवा निगमको उडानबाट १२५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान ११ बजे दिल्लीका लागि प्रस्थान गरेका थिए। भ्रमण दलमा प्रधानमन्त्री दाहालका धर्मपत्नी सीता दाहाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद नारायण चौधरी, लालबाबु रावत, योगेन्द्र चौधरी, टेकबहादुर बस्नेत र जङ्गीलाल राय सहभागी छन् । बिहीबारै प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गरेको रात्री भोजमा सहभागी हुने तथा नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । उनको औपचारिक भेटवार्ता भने भोलि शुक्रबारदेखि सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ l

No comments