विश्व हिन्दु महासंघ नेपालको राष्ट्रिय भेला ६ बुदे लुम्विनी घोषणा पत्र जारी गर्दै सम्पन् l
रुपन्देही ३० भाद्र -विश्व हिन्दु महासंघ नेपाल संयुक्त राष्ट्रिय समितिको दुई दिन सम्म नवलपरासीको बर्दघाटमा भएको भेला ६ बुदे लुम्विनी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छI भेलाले विश्व हिन्दु महासंघ नेपाल राष्ट्यि समिति बांसवारी र विश्व हिन्दु महासंघ नेपाल राष्ट्यि समिति कलंकीलाई एकगरी अघिबढ्नेगरी एकताको घोषणा समेत गरेको छ।
विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बांसवारीका सभापति निल प्रसाद भण्डारी र विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति कलंकीका अध्यक्ष डा. रामचन्द्र अधिकारीले भावि योजना सहित ६ बुदे लुम्विनी घोषणा पत्रमा संयुक्त रुपमा हस्ताक्षरगरी दुवै संस्था विच एकता भएको घोषणा एउटैमञ्चवाट गर्नु भएको थियो ।
दुई दिन सम्म नवलपरासीको बर्दघाटमा भएको राष्ट्रिय भेला पश्चात आयोजना गरीएको पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो । भेलाले संविद्यानमै सनातन हिन्दु राष्ट् कायम गर्नका लागि संविद्यानको संसोधनको प्रस्ताव संसदमा दर्ता गराउने र कार्यानवयन नभएमा आन्दोलन गर्ने निर्यण पारित गरेको छ।
त्यसैगरी आन्दोलन गर्नैपरेमा महासघका पश्चिमाञ्चल सभापति लक्ष्मण थापालाई संयोजकको जिम्मेवारी समेत प्रदान गरेको छ ।
त्यसैगरी धार्मीक विषयमा बढी टिका टिप्पणी आएकाले महासंघको ध्यान केन्द्रीत भएको भन्दै संस्कार र संस्कृतिको नियाणर््ा गर्दा सम्वन्धित विज्ञ र सरोकारवालाको सल्लाह सुझाव लिएर अघिबढ्न प्राडा. माधव प्रसाद भट्राईको संयोजकत्वमा एक विज्ञ समिति बनाउने घोषणा गरेको छ ।
विश्व हिन्दु महासंघको केन्द्रीय समितिको बैठकले १४ बुदेभावि कार्ययोजना समेत पारित गरेको छ। भावि कार्ययोजनामा समितिले हिन्दु राष्ट् बनाउने कार्यका लाग्न निति निर्देशिका बनाउने,प्रत्येक हिन्दु धर्मावलम्वीहरुका घरमा ऊं कारको झन्डा राख्ने लगाएतका १४ बुधे भावि कार्ययोजना पारीत गरेको छ ।
Post a Comment