Header Ads

पर्दामा दुई मानव आकृति सलबलाएको देखेपछि‘…



काठमाडौं, २ असोज । रात छिप्पिँदै थियो । घडीमा नौ बज्दै गर्दा ललितपुरको च्यासल चोकमा मानिसको भीडभाड बढ्दै गयो । चारैतिर मधुरो बत्ती । सजिलै मानिसको अनुहार छुट्याउन नसकिने । ‘झ्याल्चा’चपा भन्ने एउटा पुरानो घरको उत्तरपट्टि मोहडामा ठूलो झ्याल देखिन्छ । त्यही झ्यालमा टाँगिएको थियो सेतो पर्दा । भित्रको उज्यालोले एकाएक पर्दामा दुई मानव आकृति सलबलाएको देखिन्छ । एउटा पुरूष र अर्को महिला ।

मानवकृति ठम्याउन गार्ह्रो पर्दैन । त्यती नै बेला नेवारी संगीत सुनिन्छ । संगीतको तालमा ती दुई आकृति नजिकिन्छन् । एक आपसमा चुम्बन गर्छन्, अंकमाल गर्छन्‘।पर्दामा देखिएको दृश्यले पुरानो घरको आँगनमा खचाखच मानिसको मनमा अनेकौं तरंग पैदा हुन्छ । कोही लाज मान्छन् । कोही चुपचाप पर्दा नियाल्छन् । कसैलाई पर्दामा देखिएको दृश्यले काउकुती लागेजस्तो हुन्छ ।

कोही रोमाञ्चित भएर ताली बजाउँछन् । सिटी फुक्छन् । बुधबार राति पाटनको च्यषासलस्थित चपाःछेँमा योग नरेन्द्र मल्लले बनाएको मल्लकालिन घरको एउटा झ्यालमा देखाइने जात्राको यो प्रशंगलाई आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले लेखेका छन् ।

No comments