Header Ads

अमेरिकाको न्युयोर्कमा बिस्फोट, कम्तिमा २५ जना घाइते :: Read More News>



न्युयोर्क २ असोज - अमेरिकाको न्युयोर्क सिटीमा बिस्फोट भएको छ। बिस्फोटनमा परि कम्तिमा २५ जना घाइते भएको अमेरिकाको अग्नी विभागलाई अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।




न्युर्योकको म्यानहटनमा बिस्फोट भएको हो। बिस्फोटको कारण अहिलेसम्म थाहा नभएको सरकारी अधिकारीले बताएका छन्। नेपाली समय अनुसार बिहान पौने तीन बजे विस्फोट भएको हो। न्युजर्सीमा पाइप बम बिस्फोट भएको केही घण्टा भित्रै न्युर्योकमा विस्फोट भएको हो।




समाचार संस्था रोयटर्सले घाइतेलाई अस्पताल लगिएको जनाएको छ। डस्टबिनमा राखिएको बिस्फोटक पदार्थ विस्फोट भएको सरकारी अधिकारीले आशंका गरेका छन्। http://www.dcnepal.com/images/news/9/big/16091844091617explosion13cs.jpg

No comments