Header Ads

काठमाडौमा पाल्पा महोत्सव (फोटो फिचर)



काठमाडौँ १ असोज – राजधानीमा रहेका पाल्पालीहरुले पाल्पाली उत्पादन, पर्यटन र संस्कृति प्रबर्धन गर्ने उद्धेश्यले काठमाडौको भृकुटी मण्डपमा आज एक दिने पाल्ला महोत्सव सञ्चालन गरेका छन् । पाल्पाली संगमको आयोजना भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले उद्घाटन गर्नुभएको थियो । मन्त्री शाहीले पाल्पाली पर्यटन प्रबर्धनका लागि आफूले पहल गर्ने भन्दै स्वदेशी तथा बिदेशी पर्यटकहरुको आकर्षक गतब्यकाे रुपमा पाल्पालाई स्थापित गराउन सहयोग गर्ने बताउनु भएको थियो । कार्यक्रममा पाल्लपाली सांसद, विभिन्न राजनीतिक दलका नेता, उद्यमी लगाएत कलाकार तथा पत्रकारहरुको सहभागिता रहेको थियो । उनीहरुले पाल्पालाई आकर्षक र प्रमूख गन्तब्यको रुपमा स्थापित गर्न सके पाल्पालीको जीवनस्तर नै सुधार हुने बताएका थिए । प्राकृतिक सांस्कृतिक लगाएतका हरेक क्षेत्रमा पाल्पामा प्रचुर सम्भावना रहेकाले त्यसको सही सदुपयोग र संरक्ष गर्नुपर्नेम उनीहरुले जोड दिएका थिए ।

महोत्सबमा ख्यातीप्राप्त कलाकारहरुले सांस्कृतिक झलकरुह प्रतुत गरेका थिए । पाल्पाली पर्यटन, ऐतिहासिक, धार्मिक, संस्कृतिहरुसँग सम्बन्धित फोटो प्रदर्शनी गरिएको थियो । पाल्पाली परिकार, पाल्पाली ढाका लगाएत स्टल समेत राखिएको थियो । http://bigulnews.com/wp-content/uploads/2016/09/unnamed-2-696x522.jpg http://bigulnews.com/wp-content/uploads/2016/09/unnamed-1-696x522.jpg http://bigulnews.com/wp-content/uploads/2016/09/unnamed-5-696x522.jpg

No comments