Header Ads

तस्बिरमा हेराै प्रधानमन्त्री प्रचण्ड र के पी अाेलीकाे भारत भ्रमणकाे फरक - प्रचण्डकाे गाडीमा राष्ट्रिय झण्डा समेत देखिएन सँगै गएका मन्त्रीले नेपाली पाेषाक लगाएनन्, सीता दाहालले मर्यादा ख्याल राखिनन्



काठमाडाैँ १ असाेज – चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विहानै नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरे । साेही क्रममा प्रचण्ड पत्नीले कुटनितक मर्यादा ख्याल नगरेकाे भन्दै उनकाे पाेजिसनकाे करालार्इ लिएर निकै अालाेचना भएकाे छ ।

उनकाे ब्यवहार अस्वभाविक हाउभाउलार्इ लिएर सामाजिक सञ्जालमा समेत कडा अालाेचना भएकाेछ भने बिदेश मामिलाका जानकार र कुटनितिज्ञहरूले पनि असन्तुष्टी जनाएका छन् । उनले देखाएकाे ब्यवहारले नेपालकाे मर्यादा र इज्जतमाथि नै प्रश्न उठेकाे चर्चा परिचर्चा भइरहेकाे छ । कै ब्यङ्ग्य गरिएकाे छ भने कतै अाक्राेश ब्यक्त गरिएकाे छ ।

समकक्षि भेट्दा दम्पतिले उक्त समकक्षीलाई बिचमा पार्ने चलन हुन सक्छ त्यसैले सिता दाहाल पछाडि गएकि पो हुन कि भनेर राम्रो कुरा किन सोच्न सकिएन?

— अन्जुली (@An_Ju_li) September 16, 2016



सीता दिदीले ठिकै गरिन,विपक्षिले प्रचण्डकाे भारत भ्रमण मनपराएका थियनन्, भ्रमणलाई फष्ट लेडिले पुरै वेवास्ता गरेकाे संकेत गरिन्,हाउभाउले ।

— हिम विष्ट (@himbista) September 16, 2016



प्रधानमन्त्री प्रचण्ड पत्नी फ्रष्ट लेडी सिता दाहालले नेपालबाट जाँदादेखि नै अस्वभाबिक ब्यवहार देखाएकाे तस्विरबाट पनि प्रश्ट हुन्छ । उनले अधिकांश समय मर्यादा भन्दा बाहिर गएर ब्यवहार देखाएकी छिन् । जसका कारण असभ्यता झल्केकाे छ । पति प्रचण्डकाे छेउमा उभिनुपर्ने उनी जहिले पनि बिपरित तर्फ नै उभिएकी देखिन्छिन् । कुनै पनि तस्बिरमा उनकाे मुहारमा खुसी र उत्साहजनक भाव पनि देखिदैन । मानाैँ की उनी कुनै ठूलाे शाेकमा नै परेकी छिन् की जस्तै भाव झल्केकाे छ । कतै पनि मुस्कुराएकी छैनिन् ।

ठीक १० महिना पहिले भएकाे प्रधानमन्त्री केपी शर्मा अाेलीकाे राजकीय भ्रमणकाे तुलनामा प्रधानमनत्री केपी शर्मा अाेलीकाे भारत भ्रमणमा धेरै कमी कमजाेरीहरू देखिएका छन् । स्मरण रहाेस भारतले केपी अाेली कै भ्रमणपछि नेपालका प्रधामन्त्रीहरूकाे भ्रमणमा राजकीय सम्मान दिन थालेकाे हाे। अघिल्लाे पटक प्रधानमन्त्री हुँदाकाे भारत भ्रमणमा प्रचण्डलार्इ भारतले राजकीय सम्मान दिएकाे थिएन तर यसपटक भने दिएकाे छ ।
तस्बिरमा हेराै प्रधानमन्त्री प्रचण्ड र अाेलीकाे भारत भ्रमणकाे फरक

No comments