Header Ads

जसले बचाए सप्तकोशीमा २९ को ज्यान



काठमाडौं, ३ असोज । सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलई छरछिमेकले खासै मन पाउँदनथे, दिउँसै रक्सी खाने उनको स्वभाष्को कारण । तिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् ।

केबिरथ मात्र होइन, महेन्द्रनगर गाविस ठाकुरबारीका अमृत खड्का, रामचन्द्र मोची, रोजन राई र बाबुराम चन्द्रवर्शीले गाउँमा बहादुर युवाको परिचय बनाएका छन्, शनिबारदेखि ।

सप्तकोशीमा शनिबार डुंगा दुर्घटनामा परेका २९ जनालाई एकैसाथ सकुशल उद्दार गरी यी युवाले सबैको वाहवाही बटुले । मृत्युको मुखमा पुगेका २९ जनालाई उद्दार गरी बचाएपछि केबिरथलाई गाउँलेले ‘नेपाल भाई’ भनेका बोलाउन थालेका छन् । ‘दिउँसै रक्सी खाँदा गाली गथ्र्यौं,’ इन्द्र राईले भने, ‘शनिबार उनल साहसिक काम गरेर गाउँको इज्जत राखे ।’

No comments