Header Ads

लोकमानसिंह कार्कीलाई राजनीतिक तहबाट बचावट हुन्न: भट्टराई :: Read More News >>





दोलखा, १ असोज - नेकपा (एमाले) का केन्द्रीय सचिव एवम् पार्टी प्रवक्ता योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई राजनीतिक तहबाट बचावट नहुने बताउनुभएको छ ।

भूकम्पले कागज हरायो भनेर लोकमानले कानुनी उन्मुक्ति नपाउने बताउँदै उहाँले नेकपा (माओवादी केन्द्र)का नेतालाई लक्षित गर्दै पूर्वलडाकुका नाममा नेताले बुझेको रु २० अर्ब रकम हिनामिना गरेर राजनीतिक भ्रष्टाचार नगर्न आग्रह गर्नुभयो । उहाँले सो रकम राज्यले लेखापरिक्षण गर्नुपर्ने र जनतालाई हरहिसाब सार्वजनिक गर्नुपर्ने पनि बताउनुभयो ।

प्रेस चौतारी नेपाल, दोलखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले एमालेबाहेकले सरकार चलाउन नसक्ने र कमाण्ड गर्नसक्ने तागतसमेत अरु पार्टीमा नरहेको बताउनुभयो । उहाँले सरकारलाई एमाले सरकारको पालामा नियुक्ति भएका पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत हटाउनेतर्फ आँखा नलगाउन आग्रह गर्नुभयो ।

सचिव भट्टराईले मधेसमा संविधानको जनमत बढ्न थालेको बताउँदै विनाकारण संविधान संशोधन नहुने बताउँदै अहिले नेपाली काँग्रेस र माओवादी केन्द्रले चाहेबमोजिम संविधान संशोधन नहुने बताउँदै संविधान कुन विषय र कुन परिस्थितिमा संशोधन हुने हो, त्यो निक्र्यौल नभएसम्म संविधान संशोधनको विषय एमालेलाई मान्य नहुने बताउनुभयो ।

अहिले दाहाल भारतलाई संविधान संशोधन गर्न हारगुहार गर्न जानुभन्दा एमालेलाई सहमतिमा ल्याउन लाग्नुपर्ने बताउँदै विदेशमा गएर संविधान संशोधनको कुरा नगर्न पनि आग्रह गर्नुभयो । रासस

No comments