Header Ads

ठेलाले फेरिएको जीवन :: Read More >>



श्रीमानले पेटमा ३ महिनाको गर्भ रहँदै छाडेर हिंडेपछि उनको जीवन उजाड बन्यो तर पनि उनले हरेस खाइनन् । माइती आएर बसेपछि उनको छोरो जन्मियो । मोरङ्ग बैजनाथपुरकी ४० वर्षीया सरस्वती चौधरीको संघर्षमय जीवनको साहारा भने एउटा ठेला गाडी बनेको छ ।



माइतीमा बसेकी सरस्वतीले माइती र विभिन्न संघसंस्थाको सहयोगमा बनाएको ठेला गाडीमा चटपटे र चाउमिन बेचेर जिवनलाई उज्यालो बनाउँदैछिन् । सरस्वती भन्छिन, ‘पहिला साह्रै गाह्रो थियो तर बिस्तारै ठेलाबाट व्यापार गर्न थालेपछि केही आम्दानी पनि हुन थालेको छ ।’ विराटनगर विराटचौक सडकखण्डको बैजनाथपुरमा ठेला गाडीमा हरेक दिनजसो उनी यस्तैव्यापार गर्दै गरेको भेटिन्छिन ।



उनले ठेला गाडीबाटै छोरालाई एसएलसीसम्म पास गराएकी छिन । उनले व्यापार गरेरै सानो घडेरी किन्ने सोच बनाएकी छिन । उनी भन्छिन्, ‘छोरालाई पढाएँ, सुन किने, पलङ्ग, दराज र घरमा चाहिने सबै चिज किनेको छु अव घडेरी किनेर घर बनाउने सोच छ ।’े दैनिक चाउमिन र चटपटे बेचेर २ हजार सम्म कमाउँछिन, त्यसमा उनलाई ५ देखि–६ सयसम्म नाफा हुने गरेको चौधरी बताउँछिन् ।



छोरा हुर्क&#

No comments