Header Ads

भक्तपुरमा दुई हजार १४२ बालबालिका उच्च जोखिममा, उद्धारमा कठिनाइ :: Read more >>>

भक्तपुर, ३ असोज - भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ ।

जिल्ला बाल कल्याण समिति भक्तपुरले आइतबार यहाँ आयोजना गरेको भक्तपुरलाई बालश्रम शोषण मुक्त जिल्ला बनाउने पञ्चवर्षीय योजनाको समीक्षा कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भक्तपुरमा जोखिममा रहेका बालबालिकाको पुनःस्थापना र एवम् पारिवारिक मिलन कार्य चुनौतीपुर्ण भएको बताउनुभयो ।

जोखिममा रहेका बालबालिकाको पहिचान भइसक्दा पनि बालबालिकाको संरक्षण गर्ने निकायको अभावमा उनीहरुको उद्धार गर्न नसकिएको बताउँदै उहाँले कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई जिम्मेवारी लिन आग्रह गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष दिल्लीप्रसाद गिरीले सरकारी निकायका उच्च पदस्थ कर्मचारी कै घरमा समेत निकृष्ट बालश्रम प्रयोग भइरहेको पाइनु दुःखद् भएको चर्चा गर्नुभयो । उहाँले बालश्रम प्रयोग गर्ने व्यक्ति, घर वा संस्था कुनै पनि निकायलाई अब कारबाहीको दायरामा ल्याइने बताउँदै त्यस्ता जोसुकै व्यक्ति भए पनि अब उनीहरुलाई जेल हाल्न समिति सक्रिय हुने बताउनुभयो ।

महिला विकास कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले घरमा काम गर्ने, भूकम्पमा घर तथा परिवार गुमाएका, आफन्त नभएर अरुको आश्रय लिनुपरेका, विभिन्न उद्योग तथा कलकारखाना र यातायातका साधनमा काम गर्ने जोखिममा रहेका बालबालिकाको उद्धार गर्नु अति आवश्यक रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा सहभागीले आव ०७४/०७५ भित्र भक्तपुरलाई बालश्रम शोषणमुक्त जिल्ला बनाउन सबैले प्रतिबद्ध भएर हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए -

No comments