Header Ads

आजदेखि तीन दिनसम्म संविधान दिवस मनाईंदै, व्यवस्थापिका संसद्मा विशेष समारोह :: Read News>>

काठमाडौं, २ असोज - आइतबारदेखि तीन दिनसम्म संविधान दिवस मनाईंदैछ।

गत वर्ष असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएको सम्झनामा दिवस मनाउन लागिएको हो। व्यवस्थापिका संसदले आइतबार विशेष समारोह आयोजना गरेको छ। दिउँसो हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, विशिष्ट कर्मचारी, सांसद लगायतको उपस्थिति हुने संसद सचिवालयले जनाएको छ।

तर सभामुख ओनसरी घर्ती चीन जानुहुने भएकाले समारोहमा उपस्थित हुनुहुने छैन। असंलग्न देशको शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका उपरराष्ट्रपति नन्दबहादुर पुन पनि संविधान दिवसका कुनैपनि कार्यक्रममा सहभागी हुने छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सोमबार हुने मूल समारोहमा सहभागी भएर अमेरिका जाने कार्यक्रम छ। यसैबिच नेकपा एमालेले सोमबार छुट्टै कार्यक्रम गरेर संविधान दिवस मनाउने जनाएको छ।

No comments