Header Ads

आधा रातमा बुहारीको कोठामा अपरिचित युवकलाई देखेपछि ससुराद्वारा रिसको आबेगमा गोलीप्रहार गरी हत्या :: Read News >>



धनकुटा, १ असोज । धनकुटाको डाँडागाउँमा शुक्रबार राति गोलीप्रहार गरी एक व्यक्तिको हत्या भएको छ । डाँडागाउँ– १ बाटाखर्कका खड्गबहादुर गुरुङले गोलीप्रहार गरी धनकुटा नगरपालिका– १४ बेलहाराका ३२ वर्षीय प्रेम भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

राति १२ बजे बुहारीको घरमा भण्डारीलाई भेटेपछि गुरुङले आवेगमा भरुवा बन्दुक प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले जानकारी दिनुभयो ।

गोली प्रहारबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । मृतक भण्डारी ट्याक्टर चालक हुन ।
घटनापछि फरार भएका गुरुङलाई शनिबार बिहान पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


No comments