Header Ads

लोकमानको फाइल मन्त्रिपरिषद् कार्यालयमै



आश्विन २, २०७३- चाडपर्वलाई साइत पारी नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि हवाई इन्धन (एटीएफ)को मूल्यमा प्रति लिटर ५ रुपैयाँ घटाइदिएपछि नेपाली विमान कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन) ले मंगलबारदेखि लागू हुनेगरी फ्यूल सरचार्ज (इन्धन शुल्क) मा कम्तीमा ४० देखि बढीमा १ सय ९३ रुपैयाँसम्म मूल्य घटाएका छन् ।

आयोनका सदस्य प्रजोल थापाका अनुसार यो मूल्य भाडादरमा नभई सरचार्ज (इन्धन शुल्क) मा मात्रै मंगलबारदेखि लागू हुनेछ । मंगलबारपछि बिक्री भइसकेका टिकटको हकमा पुरानै इन्धन शुल्क कायम रहनेछ भने मंगलबारपछि बिक्री हुने टिकटमा घटाइएको इन्धनको मूल्य दर रहनेछ । १६ वटा नेपाली विमान कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन) ले पोखरा जोमसोम रुटमा ४० रुपैयाँ घटाएको छ भने काठमाडौं धनगढी रुटको एकतर्फी टिकटमा १ सय ९३ रुपैयाँ घटाएको छ । काठमाडौंबाट हुने माउन्टेन फलाइट (पवर्तीय उडान) मा १ सय ८५ रुपैयाँ घटेको छ ।

आयोनले काठमाडौंदेखि पोखरामा ८४, भैरहवामा १ सय १, सिमरामा ५३, नेपालगंजमा १ सय ४४, विराटनगरमा १ सय ११ रुपैंयाँ घटाएको छ । त्यसैगरी, भद्रपुरमा १ सय ३५, जनकपुरमा ७५, भरतपुरमा ६१ तथा तुम्लिङ्गटारमा १ सय १ रुपैयाँ इन्धन शुल्क घटाएको छ । आयोनको सदस्यता नलिएको ध्वजाबहाक विमान कम्पनी नेपाल वायु सेवा निगमले भने नयाँ भाडादर सार्वजनिक गरेको छैन । नियमअनुसार हवाई इन्धनमा कम्तीमा ४ रुपैयाँ घटबढ हुँदा फ्यूल सरचार्ज समायोजन समितिले नयाँ दर सार्वजनिक गर्छ ।

अधिकतम टिकट दर मूनीका अन्य टिकट फेयरहरु एयरलाइन्स स्वयमले निर्धारण गर्छन । यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा आएको गिरावटसँगै नेपाल आयल निगमले एयर टरबाइन फूयल (हवाई इन्धन) को मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक विमान सेवाहरुले असार १९ गते कम्तीमा ७५ रुपैयाँदेखि ३ सय ८५ सम्म इन्धन शुल्क घटाएका थिए । त्यसअघि फागुन ४ मा आयल निगमले १ सय ६४ रुपैयाँमा बिक्री गर्दै आएको हवाई इन्धनको मूल्यमा ५५ रुपैयाँ प्रति लिटर घटाउदै १ सय ९ पुर्‍याएपछी आयोनले करिब १८ प्रतिशत फ्युल सरचार्जको मूल्य घटाएको थियो । त्यसबेला नाकावन्दीका कारण निगमले हवाई इन्धनको मूल्य २ सय ३३ रुपैयाँसम्म पुर्‍याएको दरलाई घटाएको थियो ।


No comments