Header Ads

बैद्य माओबादीद्धारा ७५ वटै जिल्लाम विशेष आर्थिक अभियान शुरु Read More>>



रुपन्देही १ असोज -नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी जिल्ला समिति,रुपन्देहीले आजदेखि विशेष आर्थिक अभियान शुरु गरेको छ । पार्टीले विदेशसहित देशका ७५ वटैं जिल्लामा आजदेखि विशेष आर्थिक अभियान शुरु गरेको वताएको छ ।


पार्टी रुपन्देहीले रुपन्देहीको सात वटैं क्षेत्रबाट आजबाट आर्थिक अभियान शुरु गरेको हो । आर्थिक अभियानलाई व्यवस्थित गर्न पार्टी,रुपन्देहीका संयोजक भुलबहादुर सुनारीमगरको संयोजकत्वमा ५१ सदस्यीय विशेष आर्थिक अभियान संयोजन समिति र त्यस मातहत रहने गरि रुपन्देहीका सात वटैं क्षेत्रमा आर्थिक उपसमिति गठन गरिएको छ ।


पार्टी,रुपन्देहीको बुटवलमा बसेको सचिवालय र क्षेत्रीय इन्चार्जको बैठकले उक्त समिति गठन गरिएको हो ।
पार्टीले असोज र कार्तिक मसान्तसम्म उक्त अभियान चलाउंने जनाएको छ ।



पार्टीले विशेष आर्थिक अभियानको नाम दिएर शुरु गरेको कुपनको मुल्य एक हजार तोकेको छ । अभियानबाट संकलित उक्त रकम राष्ट्रियता,जनतन्त्र, जनजीवि, कालाबजारी, तस्करी र भष्ट्रहरुका विरुद्धमा हुंने संघर्षमा खर्चिने वताईएको छ ।

No comments