Header Ads

लोकमानले यसरी दुरुपयोग गरे प्रहरी, डिएसपि दानबहादुर लोकमानका प्रिय



काठमाडौं, १० कात्तिक । तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रुचिकर स्थान होइन । तर, जब लोकमानसिंह कार्की आयोग प्रमुखमा नियुक्त भए, अवस्था अर्कै भयो । प्रहरीमाझ अख्तियार जाने होड नै चल्न थाल्यो । निजामति पन्छिन थाले ।

कार्की २०७० वैशाख २५ गते प्रमुख आयुक्तका रुपमा छिरे । निजामतिको कार्यशैलीबारे जानकार उनी ‘प्रक्रिया खोज्नेभन्दा आदेश पालकको खोजीमा थिए । जतिखेर आदेश आयो उत्ति नै बेला खटिने, अपराध अनुसन्धान, व्यक्तिगत विवरण संकलन, सुरक्षित जासुसी शैली अपनाउन सिपालु र चेन अफ कमान्डको अनुसरण गर्ने प्रहरी जनशक्ति उनका लागि मुख्य सहयोगी भए ।

यस्तै एक प्रिय पात्र हुन् दानबहादुर थापा । कार्कीको व्यक्तिगत सुरक्षामा प्रहरी निरीक्षकको दर्जामा प्रहरी प्रधान कार्यालयबाट खटिएका उनी अहिले डिएसपी बनेका छन् ।

जिम्मेवारी कार्कीको सुरक्षा भए पनि दुई वर्षबीचमा उनी ‘कोर समूहका प्रभावशाली सदस्य’ भए । उनको हैसियत संगठनका एआईजी तहका अधिकारीलाई तर्साउन सक्नेसम्म पुग्यो ।

निजी सचिवालयमा रहेका उनी संगठनभन्दा बढी कार्कीको बफदार भए । कसैलाई धम्क्याउन होस् वा फकाउन, उनी सहजै परिचालित भए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments